नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीको दक्षिणपन्थी अवसरवाद र उनको नेतृत्व विरुद्ध विद्रोह गर्ने आँट गर्नु महत्वपुर्ण रहेको टिप्पणी गरेका छन् । बिहीबार पार्टी पुनर्गठन दिवस कार्यक्रममा बोल्दै उनले ओलीले दक्षिणपन्थी अवसरवादी नीति लिएकाले विद्रोह गरेर पार्टी निर्माण गर्नुपरेको समेत बताए । ‘हामीले नेकपा एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति कार्यदिशा विचार विरुद्ध विद्रोह गरेको एक वर्ष भएको छ । ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गयो । त्यसैले विद्