‘जीवन काँडा कि फूल’ एक आत्मपरक कथा हो, जसमा झमक घिमिरेले पढ्न र लेख्नका लागि गरेका संघर्ष र कठिनाई व्यक्त गरेकी छन् । उनी एक प्रेरणादायक महिला हुन्, जसले मस्तिष्क पक्षघात भए तापनि कहिल्यै हार मानिनन् । उनको शरीरका प्रायः अंगहरूले काम गर्दैनन् । उनी न त हात चलाउन सक्छिन्...