एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धन संविधानको रक्षाका लागि लडिरहेको बताएका छन् । सोमबार कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा बोल्दै नेपालले अहिले भइरहेको लडाई व्यक्तिका विरुद्ध नभई प्रवृत्तिका विरुद्धको लडाई भएको पनि बताए । उनले आगामी दिनमा भएका त्रुटिहरु मनन गरेर अघि बढ्ने पनि बताए ।नेता नेपालले समाज र संस्कृतिको कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिको ध्यान दिन आग्रह गरे । उनले प्रधानमन्त्री ओलीले नेताहरुको नामै काडेर गरेको टिप्पणी सहि भए जनताको अदालतमा उ