चैत ४, चितवन । कोरोना सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटै प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ । अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी ‘पे नाउ गो लेटर’ प्याकेज सार्वजनिक गरिएको हो । सो बमोजिम चैत महिनाभित्रमा विशेष छुटमा रकम भुक्तान गरेमा आउँदो वर्ष होटल उपयोग गर्न पाइने छ । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार तीन रातका लागि यो अफर उपलब्ध गराइएको छ । जसमा दिन र रातको जम्मा चार हजार पाँच सय रुपैयाँ मात्रै तिरे सुविधायुक्त कोठा उपलब्ध हुनेछ । सामान्य अवस्थाको तुलनामा यो अफरमा सहभागी हुनेले ६६ प्रतिशत छुट पाएको उनको भनाइ छ ।
यो अफरका लागि रकम अग्रिम भुक्तानी गर्नुपर्ने र होटलले सो रकम पाएपछि एउटा नम्बर सहितको कुपनसहीतको भौचर उपलब्ध गराउने छ ।
कुपन जस्तै भौचर ग्राहकले राख्नुपर्नेछ । सो भौचर पाउन यही चैत मसान्तसम्म अग्रिम भुक्तानी गर्नुपर्ने छ ।
भौचर लिएर २०७९ साल वैशाख २ देखि चैत २७ सम्म जुनसुकै महिना वा दिनमा आएर बस्न सकिनेछ ।