निषेधाज्ञामा सौराहा : जङ्गल सफारी लजले गर्यो ३ सय कोठा बुकिङ

कोरोना सङ्क्रमणका कारण ठप्प रहेको सौराहाको जङ्गल सफारी लजले असार महिनामा ‘पे नाउ गो लेटर अफर’मा ३०० कोठा बुकिङ गरेको छ । सबै होटल बन्द भइरहँदा यो होटलले नयाँ अफरमार्फत आर्थिक वर्षको मसान्तमा बैंकिङ किस्ता र ब्याजलगायतका खर्च गर्न सहज बनाएको हो ।होटलका कार्यकारी निर्देशक सुमन घिमिरेका अनुसार असार १ देखि ३१ गतेसम्म सामाजिक सञ्जालमार्फत अफर आह्वान गरिएको थियो । आन्तरिक पर्यटक प्रवद्र्धनका लागि गरिएको यो अफरमा स्वदेशी र विदेशमा रहेका नेपालीले बुकिङ गरेका छन् । बढी सङ्ख्यामा वीरगन्जदेखि ब

सम्बन्धित सामग्री

'दसैं तिहारमा सौराहा' योजना - NepaliPatra

चितवन । नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरी चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले “दसैं तिहार सौराहामा” योजना ल्याएको छ । असोज १५ देखि कार्तिक ३० सम्म लागु हुने यस योजना अन्तर्गत नेपाली पर्यटकले प्रति व्यक्ति दुई रात तीन दिनको प्याकेज मात्र १३ हजार रुपैयाँमा सौराहा घुम्न पाउनेछन् । यस प्याकेजमा सहभागी हुनेले वेल […]

प्रेम दिवसमा सौराहामा बढेन रौनकता

चितवन – बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जङ्गल सफारी लजमा पाँचवटा कोठा मात्र बुकिङ भएका छन्। होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा कोठा रहेको सो होटलमा साँझसम्म केही पर्यटक थपिए पनि आशालाग्दो अवस्था भने छैन। विगतका वर्षमा जस्तो प्रणय दिवस मनाउन पर्यटकीय नगरी सौराहा आउने पर्यटक अहिले छैनन्। क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष घिमिरेले […]

वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर

काठमाडौँ, १९ चैत । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ । यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैँडासहितका वन्यजन्तु अवलोकन गर्नका लागि सौराहा पुग्नुपर्ने बाध्यता हटेको हो । एक साता अगाडि नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र […]

दशैँमा सौराहा घुम्न जाने हो ? यस्ता छन् होटेलले ल्याएका आकर्षक अफर

सौराहाका व्यवसयाीहरुले नेपाली पर्यटक लक्षित छुट छुटका अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक गर्ने अभियान थालेका छन् । कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन आन्तरिक पर्यटकहरु लक्षित गर्दै छुट छुटका अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक गर्ने अभियान थालेका हुन् ।सौराहामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्दै छुट नै छुट गर्ने अभियान सुरु भएको क्षेत्रिय होटल संघ सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिए । उनका अनुसार यहाँका व्यवसायीहरुले १० देखि २५ प्रतिशतसम्म छुट यसअघिदेखि दिई राखेको बताउदै विभिन्न अफरहरु आ आफ्नै तरिकले जारी छ ।“पर्यटक आउनुस् भनेर मात्र आउँदैनन्, केही विशेष र आकर्षक योजना चाहिन्छ। हामी त्यसैका लागि सौराहा घुम्न प्रर्वद्धन गर्दै सहुलियत दिन लागेका हौँ' होटल जंगल क्राउनका कार्यकारी प्रमुख सन्तोष गिरीले भने । होटल जंगल क्राउनले फेष्टिभ, हनिमुन र एनिर्भसरी छुट प्याकेज सार्वजनिक गरेको उनले बताए । क्राउनले छठ पर्वसम्म एक रात, दुई दिनका लागि परिवारका लागि छुट अफर ल्याएको छ ।एक परिवार सहित १० वर्ष मुनिका २ बालबालिकालाई ७ हजार ५ सय रुपैयाँ तिरेर खाना र बास दिने जनाएको छ । परिवार सहित सौराहा घुम्न प्रर्वद्धन गर्न सहुलियत दिन लागेको कार्यकारी प्रमुख सन्तोष गिरीले बताए । खाना र बेभरेजमा १५ प्रतिशत छुट दिने समेत जनाएको छ ।२०७६ सालको चैतमा लकडाउन घोषणा गरिएसँगै थला परेको पर्यटन केही महिना चहलपहल भए पनि फेरि दोश्रो लहरका कारण पुनः लकडाउन हुँदा २०७८ सालको सुरुआत देखि ठप्प थियो। अहिले फेरि यहाँ ६ महिनापछि लकडाउन हटेसगैँ व्यवसयाीहरुले अफर नै अफर जारी राखेका हुन् ।३ रात बास बस्नेलाई एक दिन पूर्ण छुट दिने गिरीले बताए । फेष्टिभ अफर स्वदेशी पर्यटकलाई आकर्षण गर्न ल्याइएको हो । एउटा परिवारले ७ हजार ५ सय तिरेपछि खाना र खाजा सहित एउटा डिलक्स रुम पाउनेछन् ।हनिमुन तथा एनिर्भसरी मनाउन चाहनेलाई ९ हजार रुपैयाँमा सुपर डिलक्स रुम रहेका भिल्ला उपलब्ध गराइने छ । खाजा, खाना सहित भोलिपल्ट दिउसो ३ बजेसम्म भिल्लामा बस्न पाउने छन् । कोठा सजावट, केक, वाइन लगायतका सुविधा पनि पाउनेछन् ।यस्तै होटल जंगल भिष्टा सौराहाले पनि प्रति व्यक्रि ५५ सय रुपैयाँको दुईरातसहितको दशै तिहार अफर ल्याएको छ । होटल जंगल भिष्टाका प्रबन्ध निर्देश रमेश सिल्लावका अनुसार जैविक विविधताले भरिपूर्ण, पर्यटकीय हब सौराहामा मनको चिन्ता हटाउदै आनन्द पूर्ण वातावरण दिन समेत छुट अफरले थप मद्दत पुग्नेछ ।यस्तै जङ्गल सफारी लजका सञ्चालक समुन घिमिरेले दशैँ–तिहार लक्षित गर्दै ‘पे नाउ, गो लेटर’ प्याकेजसगैँ दुई रात तीन दिनको सो प्याकेजम घोषण गरेका थिए । दुई रात प्याकेजमा एउटा लञ्च, दुईवटा डिनर र दुईवटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइने घिमिरेले बताए ।यस्तै, होटल एशोसिएशन नेपालका केन्द्रिय सदस्य समेत रहेका रेन फरेष्टका सञ्चालक ज्ञानेन्द्रकुमार विष्टले पनि छुट प्याकेज घोषणा गरेका छन् ।‘हामीले दशैँ–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौँ,’ उनले भने ‘प्याकेजमा एक रात दुई दिनको चार हजार ४४४ रुपैयाँ पर्दछ ।’ जसमा एक–एकवटा लञ्च, डिनर र ब्रेकफाष्टसँगै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स प्याकेजमा पर्नेछ । अबको पर्यटनमा नवीनतम सोचको आवश्यकतासँगै यस विषयमा सरोकारवालासहितको राय सुझावसहित छिटै नयाँ कार्यक्रमहरु ल्याउने रेवान सौराहा अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए । उनले यहाँ व्यवसयाीहरुले पर्यटकीय गन्तव्यसँगै सांस्कृतिक, धार्मिक, प्राकृतिक पक्षलाई उजागार गर्ने कार्यक्रमलाई समेत विशेष प्रथामिकता राखेका छन् । सौराहा आउने पर्यटकहरु जंगल, हात्ती र जीप सफारीसगैँ पैदल यात्रा, डुङ्गा विहार, टावर नाईटमा रमाउन मन पराउछन् भने, सौराहा संग्रहालय, गोही संरक्षण तथा प्रजनन् केन्द्र, हात्ती प्रजनन् केन्द्र, थारु सांस्कृतिक सूचना केन्द्रको स्थापना र होमस्टे समेत यहाँको मुख्य आर्कषण पर्दछ । यस्तै यहाँ आउने पर्यटकहरु एकसिंगे गैडा, बाघ, हात्ति लगायतका अन्य जंगली जनावर हरेर लोभिने गर्दछन् ।सौराहामा ११० होटल र ७० वटा रेष्टुरेराँ रहेका छन् ।

चाडबाड केन्द्रित छुट प्याकेज

कोरोना कहर कमी भएसँगै विस्तारै खुल्दै गरेका सौराहाका पर्यटकीय होटलले आन्तरिक पर्यटकलाई आकर्षित गर्न विशेष छुट प्याकेज घोषणा गरेका छन् । दसैँ, तिहारजस्ता ठूला चाडपर्वलाई केन्द्रित गरेर होटलहरूले सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेका हुन् । जङ्गल सफारी लज सौराहाले ‘यस वर्षको दसैँ तिहार सौराहामा’ भन्ने प्याकेज सार्वजनिक गरेको छ । दुई रात तीन दिन सौराहा घुमेको प्याकेज लजले पाँच हजार ५५५ रुपियाँ सार्वजनिक गरेको सञ्चालक सुमन घिमिरेले जानकारी दिनुभयो । “प्याकेजमा दुई रातको बास सुविधासहित लन्च, डिनर र ब्रेकफास्टको व्यवस्था मिलाइएको छ”, सञ्चालक घिमिरेले भन्नुभयो, “यही कार्यक्रममै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र पनि घुमाइने कार्यक्रम तय गरिएको छ । ” लजले यो प्याकेज प्रतिव्यक्ति केन्द्रित गरेर घोषणा गरेको हो । सामान्य अवस्थामा यो प्याकेजको लजले आठ हजार ५५५ रुपियाँ लिने गर्छ ।