एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक, वर्गीकरण, ढुवानी र निर्मलीकरणको प्रक्रिया देखिएन, अभिलेख पनि छैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो ।  अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा २०७९ सालमा त्रुटि पाइएपछि ९ बुँदे सुधारका सुझाव दिएर पत्र पठाइएको थियो । पत्रबाट गर्नु भनेका कामहरू अहिले पनि भएका छैनन् ।  अस्पतालमा फोहोर वर्गीकरण गर्ने बाल्टिनको रङ्ग संकेत ख्याल गरिएको छैन । संकलित फोहोर भण्डारण व्यवस्थापन भएको छैन । संक्रमणयुत्त फोहोर निर्मलीकरण गर्ने ठाउँमा पुग्न नै कठिन छ । भएको मेसिन पनि चलेको छैन । यसप्रकारका लापर्वाही देखिएपछि फोहोर संकलन कार्यमा रोक लगाइएको हो ।  अनुगमनमा क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘स्वास्थ्य संस्थाजन्य हानीकारक फोहोरले मानव तथा प्राणी स्वास्थ्य र वातावरणमा प्रत्यक्ष नकारात्मक असर पार्छ । यसकारण अस्पतालबाट निस्कने हानीकारक फोहोर व्यवस्थापनमा सानातिना त्रुटि पनि स्वीकारिँदैन ।’ अस्पतालको फोहोर व्यवस्थापन अभ्यासको विश्लेषण गर्दै परियारले भने, ‘सामान्यतयाः निजी अस्पतालहरूको सेवा राम्रो भन्ने गरिन्छ । फोहोर व्यवस्थापनको अभ्यास हेर्दा निजीले भन्दा सरकारी अस्पतालले राम्ररी काम गरेको पाइयो । सरकारीले नै राम्रो गर्नु पर्ने हो । गरिरहेको देखियो ।’ गलत गर्नेलाई सरकारी नै भए पनि कारवाहीको दायरामा ल्याइएको छ । यसअघिको अनुगमनबाट महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘हानीकारक फोहोर निर्मलीकरणपछि सामान्य फोहोर हुने प्रणाली कार्यान्वयनमा आएको सुनिश्चित भएपछि कारवाही फुक्का हुन्छ ।’ आज नै मीनभवनस्थित सिभिल अस्पतालको पनि अनुगमन गरिएको छ । अस्पताल फोहोर संकलनका लागि राखिएका सबैजसो बाल्टिन काला रङ्गका छन् । विर्कोहरू हरियो, पहेँलो, नीलो राखिएको छ । अनुगमन समितिको रंग संकेतका बारेमा सोध्दा उनिहरूले भने, हामीले राष्ट्रिय मापदण्ड कार्यान्यनमा आउनु अघि नै विश्व स्वास्थ्य संगठनको मापदण्ड कार्यान्वयनमा ल्याएकाले यस्तो भएको हो ।  अस्पतालहरूले फरक फरक मापदण्डको पालना गर्दा फोहोर उत्पादक सर्वसाधारण झुक्किन्छन् । यसकारण अब हामी राष्ट्रिय मापदण्ड कार्यान्वयनका लागि सार्वजनिक आव्हान गर्छौँ । सिभिलको अनुगमनपछिको प्रतिक्रियामा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘कुन बाल्टिनमा कस्तो फोहोर हाल्ने हो भन्ने कुराको स्पष्ट संकेतका लागि अक्षर र चित्र दुवै राख्नु पर्ने सुझाव दिएका छौँ ।’ अनुगमनका क्रममा फोहोर उत्पादन हुने वाडहरू, ढुवानी हुने मार्ग, भण्डारण तथा अटोक्लेभ गरिनेछ ठाउँ, फोहोरमा काम गर्ने जनशक्तिको स्वच्छता सम्बन्धी आचरणहरू हेरिएका थिए ।  

सम्बन्धित सामग्री

स्थानीय तह सार्वजनिक पूर्वाधार सम्पति अभिलेख नै राख्दैनन्

गोरखा नगरपालिका उपप्रमुख मसली माया थोकरलाई निर्वाचन जितेर आएको दश महिना वितिसक्दा पनि स्थानीय तहका पूर्वाधार सम्पतिहरुको अभिलेख राख्ने विषयमा केही थाहा छैन।...

सबै नेपालीको स्वास्थ्यसम्बन्धी विद्युतीय अभिलेख राख्ने एमालेको घोषणा

नेकपा एमालेले सबै नेपालीको स्वास्थ्यसम्बन्धी विद्युतीय अभिलेख राख्ने भएको छ।

पानीको स्रोत संरक्षण गर्दै अभिलेख राखिने

काठमाडौँ – जल तथा ऊर्जा आयोगले देशभरको पानीको अभिलेख राख्ने भएको छ। आयोगले देशभर कुन क्षेत्रमा कति र कस्तो पानी उपयोग भइरहेको छ भनेर एकीकृत रूपमा अभिलेख राख्ने भएको हो। खानेपानी, सिँचाइ, मत्स्यपालन, जलविद्युतलगायत क्षेत्रमा उपयोग हुने पानीको अभिलेख राख्दै प्राथमिकताका आधारमा आयोगले अनुमति दिने जनाइएको छ। ऊर्जा आयोगको सचिवालयले जलस्रोत व्यवस्थापन तथा सेवासम्बन्धी कार्यशाला […]

देशभर पानीको अभिलेख राखिने

जल तथा ऊर्जा आयोगले देशभरको पानीको अभिलेख राख्ने भएको छ। आयोगले देशभर कुन क्षेत्रमा कति र कस्तो पानी उपयोग भइरहेको छ भनेर एकीकृत रूपमा अभिलेख राख्ने भएको हो।...

सार्वजनिक सम्पत्तिको अभिलेख संकलन सुरु

सरकारले सार्वजनिक सम्पत्तिको अभिलेख संकलन गर्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाएको छ । नेपाल सरकारको नाममा रहेको सम्पत्तिको मूल्यांकन गर्ने हेतुले महालेखा नियन्त्रक कार्यालयले डेढ वर्षदेखि अभिलेख संकलन सुरु गरेको हो ।तर, हालसम्म सरकारको नाममा रहेको सम्पत्तिको मूल्यांकन भने भइनसकेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता नवराज ढुंगानाले बताए । केही समाचारमा सरकारको कुल सम्पत्ति एक खर्ब […]

सार्वजनिक सम्पत्तिको अभिलेख संकलन सुरु

काठमाडौं । सरकारले सार्वजनिक सम्पत्तिको अभिलेख संकलन गर्ने कार्यलाई तीब्र रुपमा अगाडि बढाएको छ । नेपाल सरकारको नाममा रहेको सम्पत्तिको मूल्यांकन गर्ने हेतुले महालेखा नियन्त्रण कार्यालयले डेढ वर्षदेखि अभिलेख संकलन सुरु गरेको हो । तर, हालसम्म सरकारको नाममा रहेको सम्पत्तिको मूल्यांकन भने भइनसकेको महालेखा नियन्त्रण कार्यालयका प्रवक्ता नवराज ढुंगानाले बताए । केही समाचारमा सरकारको कुल […]

घर अभिलेख : मापदण्ड विपरीतलाई ३०० प्रतिशतसम्म जरिवाना

१० फागुन, काठमाडौं । मापदण्ड विपरीत र नक्सा पासविना बनेका घरहरूको अभिलेख राख्न स्थानीय तहहरूलाई हम्मेहम्मे परेको छ । संघीयता कार्यान्वयनपछि पालिकाहरूले घरहरुको अभिलेख राख्न धमाधम सूचना निकालिरहेका छन् । तर राजश्व जरिवाना तेब्बरसम्म तिर्नुपर्ने भएकाले धेरै घर धनीहरू सम्पर्कमा नआएका जनप्रतिनिधिहरूको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा १२मा प्रत्येक वडा समितिले […]

निजामती कर्मचारीको अभिलेख अद्यावधिक हुँदै

निजामती कर्मचारीको अभिलेख राख्ने जिम्मा पाएको राष्ट्रिय निजामती किताबखाना (निजामती) ले वैयक्तिक विवरण अद्यावधिक गर्ने कार्य शुरू गरेको छ ।

'आयोगका अभिलेख र भौतिक सामग्री यथास्थितिमा राख्नू'

सर्वोच्च अदालतले खारेज भएको भूमि सम्बन्धी समस्या समाधान आयोगका अभिलेख र भौतिक सामग्री यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। भूमि आयोग खारेजविरुद्ध परेका रिटमा सुनुवाई गर्दै अदालतले यस्तो...

विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन

चितवनको कुरिनटारमा नवनिर्मित विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन समाहरोलाई सम्बोधन गर्दै उनले बाढीपहिरो तथा अन्य बिपत्तिको समयमा विभिन्न समस्याका बावजुद सशस्त्र प्रहरी कर्मचारीहरूले महत्वपूर्ण योगदानको प्रशंसा पुर्‍याएको बताए।...