मोरक्को समूह विजेता, बेल्जियम बाहिरियो

रूस विश्वकपको उपविजेता क्रोएसिया र तेस्रो स्थानको बेल्जियमका साथै क्यानडाको समूहमा रहेको मोरक्कोले समूहमा सबैलाई आश्चर्यमा पार्दै समूहविजेता बन्यो।...

सम्बन्धित सामग्री

मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

दाेहा । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् । समूह चरणको अन्तर्गत भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए । चार अङ्क […] The post मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जापान र स्पेन विश्वकपको नकआउटमा प्रवेश , जर्मनी र बेल्जियम बाहिरिए

कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो ।  स्पेनसँग समान चार  अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन ।समूह चरणको अन्तिम खेलमा ४-२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो । स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो । जापन र स्पेनबीचको खेलको ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको तीन मिनेटपछि अर्र्थात् खेलको ५१औं मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २-१ को अग्रता लियो । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो । सोही समूहको आजै भएको अर्को खेलमा जर्मनी ४-२ गोल अन्तरले  कोस्टारिकालाई पराजित गर्न सफल भयो । जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए । खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए । जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३-२ को अग्रता दिलाए । साथै, खेलको ८९औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे ।त्यस्तै समुह 'एफ'बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् । समूह चरणको अन्तर्गत आज भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए । चार अङ्क जोडेको बेल्जियम र शुन्य अङ्क भएको क्यानडा समूह चरणबाटै बाहिरिए ।  कतारको अल थुमामा रंगशालामा समूह एफ अन्तर्गत आज भएको खेलमा अफ्रिकी राष्ट्र मोरक्कोले क्यानडालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो । खेलको सुरुआती समयदेखि दबाब बनाएको मोरक्कोले खेलको चौथो मिनेटमा  अग्रता लिन सफल भयो । मोरक्कोका लागि हाकिम जिएचले करिब २५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो । त्यस्तै खेलको २३औँ मिनेटमा मोरक्कोले अग्रता बढायो । मोरक्कोका अक्रफ हाकिमीको लामो पासलाई युसुफ एन नेसरीले गोलमा परिणत गरे । त्यसपछि खेलको ४०औं मिनेटमा मोरक्कोका नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्कियो । साम अडेकुग्बेको क्रस अगुएर्डलाई लाग्दै गोल भएको थियो । त्यसपछि थप गोल भएन । कतारको अहमद बिन अली रंगशालामा आजै भएको समूह एफ कै अर्को खेलमा क्रोएसिया र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुङ्गिँदा अङ्कका आधारमा बेल्जियम जारी प्रतियोगिताबाट बाहिरिएको छ । बेल्जियमले तीन खेलबाट ४ अङ्क जोड्यो भने समूह चरणका तीन खेलमा कुनै अङ्क नजोेडेको क्यानडा समूहमा पुच्छारमा रह्यो।

मोरक्को समूह विजेता, बेल्जियम बाहिरियो

काठमाडौं, मंसिर १६ । क्यानडामाथि २–१ को जितसँगै मोरक्कोले समूह ‘एफ’ को विजेताका रूपमा कतार विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। रूस विश्वकपको उपविजेता क्रोएसिया र तेस्रो स्थानको बेल्जियमका साथै क्यानडाको समूहमा रहेको मोरक्कोले समूहमा सबैलाई आश्चर्यमा पार्दै समूहविजेता बन्यो। पहिलो खेलमा क्रोएसियालाई गोलरहित बराबरीमा रोक्दै जारी विश्वकपमा विशेष छाप छोड्ने संकेत […]

विश्वकप फुटबलः मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

एजेन्सी । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह 'एफ'बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् ।

बराबरी खेलेपछि क्रोएसिया समूह उपविजेता, बेल्जियम बाहिरियो

१५ मंसिर, काठमाडाैं ।  निर्णायक खेलमा क्राेएसियासँग बराबरी खेलेपछि बेल्जियम टिम कतारमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । समूह एफ अन्तर्गत बिहीबार भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरियो । बराबरीपछि क्रोएसिया भने समूह एफको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । यस समूहबाट मोरक्को ७ अंक जोडेर समूह्य विजेता […]

बाहिरियो बेल्जियम,क्रोएसिया र मोरक्को नकआउटमा

कतार विश्वकप फुटबलको समूहचरणको अन्तिम खेलमा बेल्जियम क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाटै बाहिरिएको छ। फिफा वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमको यो निरासाजनक नतिजा हो। बिहीबार भएको समूह एफ अन्तर्गतको खेलमा बेल्जियमलाई अघिल्लो चरण प्रवेशका लागि जित अत्यावश्यक थियो। तर क्रोएसियासँग बराबरीमा रोकिएसँगै बेल्जियमको यात्रा समाप्त भएको हो। दुबै टिमले गोलका केही राम्रा मौका […]

विश्वकप: समूह ‘एफ’ बाट क्रोएसिया र मोरक्को अन्तिम १६ मा, बेल्जियम बाहिरियो

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ बाट क्रोएसिया र मोरक्को अन्तिम १६ मा प्रवेश गरेका छन् ।