झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरी इटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।