चीन भारतको शीर्ष व्यापार साझेदार : १०० अर्ब डलरको व्यापार

पुस ११, नयाँदिल्ली(भारत) । चीन भारतको शीर्ष व्यापार साझेदार बनेको छ । दुई देश बीचको सम्बन्ध चिसिएको अवस्थामासमेत अमेरिकालाई उछिनेर चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ । सिमा सुरक्षा सम्बन्धमा चिसोपना कायमै रहँदा पनि भारत र चीन बीचको द्विपक्षीय व्यापार यो वर्ष १०० अर्ब अमेरिकी डलरभन्दा बढीको भएको छ।  सन् २०२० मा दुई देश बीचको दुईतर्फी व्यापार ७७ अर्ब ७० करोड डलर रहेको थियो । सन् २०१९ मा भने दुई देशीय व्यापार ८५ अर्ब ५० करोड डलर रहेको थियो । कोरोना भाइरसको महामारी बीच विश्वको व्यापारमा अवरोध उत्पन्न भयो । तर मेडिकल उपकरण र आपूर्तिको माग भने सुदृढ नै रह्यो ।  उता सीमा तनाव कायमै रहँदा भारतले चीनसँगको व्यापारमा कटौती गर्न आत्म निर्भर हुने र व्यापारमा कटोती गर्ने प्रयास गरेको थियो । तर पनि चीनमा निर्मित मेशिनरी, दूरसञ्चार उपकरण र होम अप्लायन्सेजमा उच्च निर्भर  रहेको छ, भारत ।  उक्त व्यापारले सन् २०२१ को ११ महीनाभित्रै १०० अर्ब डलरको आँकडा पार गरेको हो। यसले दुई देशको व्यापार अझ माथि उठाउनका लागि ठूलो अवसर दिएको टिप्पणी भइरहेको छ। चीनको जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्सको अघिल्लो महीनाको तथ्याङ्क अनुसार भारत र चीन बीचको द्विपक्षीय व्यापार ११४ दशमलव २६३ अर्ब डलर पुगेको छ। वर्ष शुरुभएपछि नोभेम्बरसम्ममा उक्त व्यापार ४६ दशमलव ४ प्रतिशतले बढेको बताइएको छ। भारतबाट चीनतर्फको निर्यात २६ अर्ब डलरभन्दा बढी रहेको छ जुन प्रत्येक वर्ष ३८ दशमलव ५ प्रतिशतले बढिरहेको छ। भारतले  उक्त अवधिसम्ममा चीनबाट ८७ दशमलव ९ अर्ब डलर बराबरको आयात गरेको छ र त्यो ४९ प्रतिशतसम्मले बढिरहेको छ। द्विपक्षीय व्यापार वृद्धि भए पनि भारतको व्यापार घाटा भने द्रुत गतिमा बढी रहेको छ। यसले भारतले चीनमा जति समान विक्री गर्छ त्योभन्दा कैयौं गुणा धेरै खरीद गरिरहेको पुष्टि गरेको छ। भारत र चीन बीचको सम्बन्ध अत्यधिक सुस्त भएका समयमा पछिल्लो तथ्यांक सार्वजनिक भएको हो। अघिल्लो वर्षको मे महीनामा भारत र चीन बीच सैन्य गतिरोध शुरु भएको थियो।  भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार दुई देश बीच सन् २००१ मा १ दशमलव ८३ अर्ब डलर कारोबारबाट शुरु भएको थियो। लद्दाखको गतिरोधपछि हालसम्म सम्वन्धमा कुनै सुधार नहुँदा भारत र चीन बीच व्यापारबाहेक बाँकी सबै सम्बन्ध लगभग ठप्प अवस्थामा रहेको छ। बीबीसी

सम्बन्धित सामग्री

विजय लामाको फिल्म ‘अन्तिम संस्कार’ले तीन दिनमा कति कमायो ?

काठमाडौं । विजय लामाको शीर्ष भूमिका रहेको फिल्म ‘अन्तिम संस्कार’ले घरेलु बक्स अफिसमा कमजोर व्यापार गरेको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले शुक्रबार, शनिबार र आइतबार गरी तीन दिनमा तीन लाख ४८ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ । कमजोर समीक्षाका कारण यो फिल्मले हलसम्म दर्शक तान्न सकिरहेको छैन । हल सञ्चालकका अनुसार आइतबारदेखि […]

ट्विटरमा एलन मस्कको प्रभाव देखिदै, डोनाल्ड ट्रम्पबाट खुशी व्यक्त

ट्विटरको मालिकको रूपमा एलन मस्कको पहिलो पूर्ण दिनमा सामाजिक सञ्जाल ट्वीटरले तुरुन्तै उनको छाप महसुस गर्न थालिसकेको छ । ट्विटरका शीर्ष अधिकारीहरूलाई हटाइएको छ भने बोर्ड अफ डाइरेक्टर्स भंग गरिएको छ । कम्पनीले नोभेम्बर ८ मा न्युयोर्क स्टक एक्सचेन्जमा आफ्नो स्टकको व्यापार बन्द गर्ने बताएको छ। मस्कले ट्विटरको सामग्री प्रश्नहरू ह्यान्डल गर्न एक काउन्सिल गठन […]

भारतद्वारा चिनियाँ नागरिकको पर्यटक भिसा रद्द

भारतले चिनियाँ नागरिकको पर्यटक भिसा रद्द गरेको छ । अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियामा छापिएको एक रिपोर्ट अनुसार अन्तरराष्ट्रिय एयरलाइन्स संस्था आइएटीएले भारतको तर्फबाट चीनका नागरिकलाई जारी गरेको पर्यटक भिसा अब मान्य नभएको बताएको छ । यद्यपि, सरकारका शीर्ष अधिकारीले भारत अहिले पनि चिनियाँ नागरिकलाई व्यापार, रोजगार, कूटनीतिक र आधिकारिक भिसा दिइरहेको जानकारी दिएका छन् ।चिनियाँ पर्यटकलाई भिसा नदिने भारतको निर्णय पनि चीनले कोभिडका कारण चीन छोडेर २० हजारभन्दा बढी भारतीय विद्यार्थीलाई चीन

रुसको कच्चा तेल– पश्चिमा कटौती गर्दै, एसियाली मुलुक बढाउँदै

विश्वकै शीर्ष तथा डच तेल व्यापारी कम्पनी भिटोल समूहले रुसबाट कच्चा तेल नकिन्ने भएको छ । कम्पनीले यही वर्षको अन्त्यदेखि रुसको कच्चा तेल तथा अन्य उत्पादनको खरिद तथा बिक्री बन्द गर्ने घोषणा गरेको हो । अमेरिकी समाचार संस्था सिएनएनका अनुसार ऊर्जा र कमोडिटिको व्यापार गर्ने डच कम्पनीले सन् २०२३ देखि रुसको तेल तथा कमोडिटीहरूको व्यापार बन्द गर्ने उल्लेख गरेको छ । छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला सुरू गरेपछि धेरै पश्चिमा कम्पनीहरूले रुससँगको व्यापार सम्बन्ध तोडेका छन् ।यो बाहेक, शेल, टोटल इनर्जी र

एमाले महाधिवेशन : सौराहामा भातको अभाव

नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थल सौराहामा खाना (भात) को अभाव देखिएको छ । एमाले शीर्ष नेतृत्व पदाधिकारी व्यवस्थापनमा जुटिरहेका बेला अन्य नेता, कार्यकर्ता र आगन्तुकहरु थकाली भान्सा घरदेखि रेस्टुरेन्टहरुमा समेत खानाको लाइनमा छन् । एमाले कार्यकर्ताहरूको चापले खान पाउन मुस्किल देखिएको छ । व्यापार राम्रो भए पनि माग धान्न गाह्रो भएको व्यवसायीहरुको भनाई छ । खानाको पटक पटक बहान लगाएर माग पूर्ति गर्ने प्रयास भैरहेको उनीहरुले बताए ।त्यस्तै हात्ती चोक, गैँडा चोक लगायत बन्दसत्र स्थल वरप

चिनियाँ राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

वेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र चिनियाँ राष्ट्रपति सि चिन पिङबीच कुराकानी भएको छ । आसन्न कोप–२६ को पूर्वसन्ध्यामा दुई प्रभावशाली मुलुकका शीर्ष नेताहरू बीचमा टेलिफोनमा कुराकानी भएको हो । उनीहरूबीचमा जलवायु परिवर्तन र त्यसका असरहरू न्युनिकरण गर्न ठोस कदम चाल्नु पर्ने विषयमा कुराकानी भएको जनाइएको छ । विश्व व्यापार तथा आर्थिक सहकार्य, सुरक्षा, मानव अधिकारलगायतका विषयमा पनि दुई शीर्ष नेताले छलफल गरेकाे समाचारमा जनाइएकाे छ ।

लागूऔषधको अवैध कारोबार

विश्वभर अवैध व्यापार हुने तीन शीर्ष वस्तु हात–हतियार, मानव तस्करी र लागूऔषध हुन् । लागूऔषधको बिक्री–वितरणबाट आर्जित रकम अन्ततोगत्वा आतङ्कवाद र अपराधजन्य गतिविधिमा खर्च हुन्छ ।...

चीनको युग शुरू भयो, अब युआनले डलरलाई विस्थापित गर्छ : जेराल्ड सेलेन्ते

द ट्रेन्ड्स जर्नलका प्रकाशक जेराल्ड सेलेन्तेले कोरोनाभाइरस महामारीका कारण विश्व व्यापार ध्वस्त भए पनि चीनको अर्थतन्त्र बलियो अवस्थामै रहेको बताएका छन् ।   आरटीको काइजर रिपोर्ट कार्यक्रममा म्याक्स काइजरसँग कुरा गर्दै सेलेन्तेले सन् २०२१ को ट्रेन्डको शीर्ष स्थानमा चीन रहने बताए । उसले २१औं शताब्दीमा प्रभुत्व जमाउने र अमेरिकालाई विस्थापित गर्ने प्रक्षेपण पनि गरिएको सेलेन्तेको भनाइ छ ।  ‘ बीसौं शताब्दी अमेरिकाको थियो भने २१औं शताब्दी चीनको हुनेछ,’ उनले बताए ।    वाशिङटनलाई युद्ध शुरू गर्ने चि...