झापा – गएकाे आर्थिक वर्ष (आव) २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गएकाे आवमा मात्रै यस नाकाको व्यापार घाटा २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजार रुपैयाँभन्दा बढी छ । गएकाे आवमा काँकडभिट्टा नाका भई विभिन्न देशबाट ४६ अर्ब ३६ करोड १३ लाख ३४ हजार बराबरको सामान आयात भएको छ भने त्यही अवधिमा त्याे नाकाबाट जम्मा २२ अर्ब चार करोड १८ लाख ९३ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको मेची भन्सार कार्यालयका प्रमु...