काठमाडौं : नेपाली पासपोर्ट प्रयोगकर्ताले अबको पाँच महिनामा वा भदौ अन्तिम सातादेखि ई-पासपोर्ट प्रयोग गर्न पाउने भएका छन्। तीन वर्षसम्मका लागि २० लाख सेवाग्राहीलाई पुग्नेगरी पासपोर्ट बनाउन डिजाइनसहित काम भइरहेको राहदानी विभागले जनाएको छ।तत्काल सेवाग्राहीलाई तीन वर्षका लागि पुग्ने पासपोर्ट बनाएर वितरण गरिने विभागका निर्देशक राजेन्द्र पाण्डेले बताए। तीन वर्ष पछाडि नयाँ प्रक्रिया गरेर बनाउन सकिने उनले जानकारी दिए। उनले भने, 'सरकारले आफ्नै प्रेस सेक्युरिटी बनाएर पनि निर्माण गर्न सक्छ वा अन्य