विराटनगर। मंगलबार प्रदेश १ का मुख्यमन्त्री निवास अगाडि गाडीभित्र बेहोस भेटिएका जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका सवारी चालकको राजु ढकालको मृत्यु भएको छ। उनलाई उपचारको लागि अस्पताल पु¥याउन वित्तिकै मृत घोषित गरिएको थियो। मृतक ढकाल उदयपुरको बेलका नगरपालिका निवासी हुन्। उनलाई गाडीको सबै सिसा बन्द गरी सिटमा सुतिरहेको अवस्थामा फेला पारिएको मोरङ प्रहरीका एसपी सन्तोष खड्काले बताए।