विद्युत् व्यापार कम्पनीले पायो लाइसेन्स

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई सरकारले बिजुली व्यापारको लागि  अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा सरकारले ‘नेपाल पावर ट्रेडिङ कम्पनी’ (एनपीटीसी) लाई इजाजत दिएको हो ।  उर्जामन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत एनपीटीसीलाई अनुमति दिइएको जानकारी दिइन् ।

सम्बन्धित सामग्री

लाइसेन्स लिएर गुमनाम छ प्राधिकरणको ‘विद्युत् व्यापार कम्पनी’

पुस ०७८ मा प्राधिकरणको सहायक कम्पनी एनपिटिसीले विद्युत् व्यापारको लाइसेन्स पाएको थियो, तर अझै काम सुरु गरेको छैन, उता काम गर्न तयार निजी क्षेत्रका कम्पनी भने लाइसेन्सविहीन छन् सरकारबाट लाइसेन्स प्राप्त गरेको...

११ सय मेगावाट भारत निर्यातको प्रक्रिया सुरु

नेपाल–भारत विद्युत् व्यापार : तीन महिनामा चार थालनी नेपाल पावर एक्सचेन्ज लिमिटेड र भारतको विद्युत् व्यापार कम्पनी मनीकरणबीच ५ सय मेगावाट विद्युत् व्यापारको समझदारी, विद्युत् प्राधिकरणले दुई सय ४४ मेगावाट विद्युत् निर्यातको...

नेपेक्स र मनीकरणबीच अन्तरदेशीय विद्युत् व्यापार सम्झौता

निजी क्षेत्रबाट स्थापना भएको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) र भारतको निजी विद्युत् व्यापार कम्पनी मनीकरण पावर कम्पनीबीच पाँच सय मेगावाट विद्युत् व्यापार गर्ने समझादारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल पावर...

सरकारले खडा गर्दै छ विद्युत व्यापार कम्पनी – देशसञ्चार

काठमाडौँ – सरकारले विद्युत् व्यापार कम्पनी खडा गर्ने भएको छ। ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी

प्राधिकरणको सहायक कम्पनीलाई विद्युत् व्यापारको लाइसेन्स

९ पुस, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी ‘विद्युत् व्यापार कम्पनी’लाई विद्युत् व्यापारको अनुमति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय तथा अन्तरदेशीय विद्युत व्यापारको काम प्राधिकरणको सहायक कम्पनीले गर्न पाउने गरी गरी अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुक्रबार पत्रकार सम्मेलन गर्दै अब […]

प्राधिकरणको बहुमत सेयर भएको ‘विद्युत् व्यापार कम्पनी’ खडा

सरकारले विद्युत् व्यापार कम्पनी बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी बिहिबारको मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापार कम्पनी खडा गरेको जानकारी दिएकी हुन् । कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा धेरै शेयर छ । अन्य विद्युत् उत्पादक कम्पनी र विद्युत विकास लगानी तथा विकास कम्पनी लिमिटेड एचआईडीसीएल) सँग वित्तीय कारोबार गर्ने समेतको शेयरबाट विद्युत व्यापार कम्पनीको लाइसेन्स लिईएको मन्त्री भुसालको भनाई छ । मन्त्री भुसालका अनुसार कार्यविधि बनाउने काम भईरहेको छ । अब विद्युत व्यापारको इजाजत जलविद्युत कम्पनीको इजाजत जस्तो हुने छैन ।

निजीक्षेत्रलाई विद्युत् व्यापार गर्न दिने गरी कार्यविधि तयार

काठमाडौं । सरकारले निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिनेगरी ‘विद्युत् व्यापारसम्बन्धी कार्यविधि’ को मस्यौदा बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारसम्बन्धी कार्यविधि बनाएको छ, त्यसमा निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिने व्यवस्था गरिएको हो । ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले विद्युत् व्यापारसम्बन्धी कार्यविधि बनाइरहेको बताए । त्यसमा निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिनेगरी व्यवस्था गरेको उनको भनाइ छ । संघीय संसद्मा विचाराधीन विद्युत्सम्बन्धी विधेयकमा निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिने प्रस्ताव गरिएको छ । कार्यविधिमा भने त्यस सम्बन्धमा अझै स्पष्ट रूपमा व्यवस्था गरिएको मन्त्रालयले बताएको छ । निजीक्षेत्रलाई देशभित्र मात्र नभएर क्षेत्रीय बजारमा समेत विद्युत् व्यापार गर्न दिनेगरी प्रस्ताव गरिएको स्रोतको भनाइ छ । ‘निजीक्षेत्रको सहभागिताविना आर्थिक विकास सम्भव छैन । यो कुरा ऊर्जामा पनि लागू हुन्छ । तसर्थ, हामीले ऊर्जा विकासमा निजीक्षेत्रलाई पनि सँगसँगै अगाडि बढाउन आवश्यक छ । त्यहीअनुसार निजीक्षेत्रलाई विद्युत् व्यापार गर्न दिनेगरी मस्यौदा बनाएका छौं,’ स्रोतको भनाइ छ । हाल नेपालमा सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले मात्र यस्तो व्यापार गर्दै आएको छ । निजीक्षेत्रलाई विद्युत् व्यापार गर्न दिने अभैmसम्म नीतिगत व्यवस्था गरिएको छैन । लामो समयदेखि निजीक्षेत्रले विद्युत् व्यापार गर्न दिन माग गर्दै आएका थिए । अहिले आएर सरकारले त्यसका लागि नीतिगत रूपमा नै व्यवस्था गर्न लागेको हो । यद्यपि, यो कार्यविधि संसद्मा विचाराधीन रहेको विद्युत् विधेयक पास अर्थात् ऐनको रूपमा लागू भएपछि कार्यान्वयनमा आउने स्रोतको भनाइ छ । ‘अहिले संसद्मा विचाराधीन रहेको विधेयकमा पनि निजीक्षेत्रलाई विद्युत् व्यापार गर्न दिने परिकल्पना गरिएको छ । अब त्यो विधेयक के कसरी पास भएर आउँछ, त्यहीअनुसार हामीले यो कार्याविधि लागू गर्नेछौं,’ उनले भने, ‘अहिलेलाई भने मस्यौदा तयार गरेर राखिएको छ ।’ यस्तै, मन्त्रालयले क्रश बर्डर विद्युत् व्यापारसम्बन्धी गाइडलाइन बनाउने काम गरिरहेको छ । उक्त गाइडलाइन भने शीघ्ररूपमा लागू गर्ने मन्त्रालयको तयारी छ । विशेषगरी भारतसँगको विद्युत् व्यापारलाई लक्षित गरेर उक्त गाइडलाइन बनाउन लागिएको हो । नेपाल र भारतबीच व्यावसायीक रूपमा नै विद्युत् व्यापार शुरू भइसकेको छ । दुई देशबीच भएको सम्झौताअनुसार भारतले यस्तो गाइडलाइन बनाइसकेको पनि छ । तर, नेपालले अझै त्यो बनाउन सकेको छैन । उक्त गाइडलाइन तयार भएपछि अन्तरदेशीय विद्युत् व्यापारमा अझै सहज हुने मन्त्रालयको अपेक्षा छ । नीतिगत व्यवस्था नभए पनि निजीक्षेत्रबाट विद्युत् व्यापार गर्ने कम्पनी भने यसअघि नै स्थापना भइसकेका छन् । कुमार पाण्डे लगायत ऊर्जा व्यवसायीको लगानीमा नेपाल पावर एक्सचेन्ज कम्पनी यसअघि नै दर्ता भएको छ । मोतीलाल दुगड, सन्दीप शाह लगायत व्यवसायीले पनि विद्युत् व्यापार कम्पनी स्थापना गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले पनि नेपाल पावर ट्रेड कम्पनी स्थापना गरेको छ । केही समयअघि मात्र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पनि विद्युत् व्यापार गर्न छुट्टै कम्पनी स्थापना गरेको छ ।  तर, आवश्यक नीतिगत व्यवस्था नहुँदा उनीहरूले सञ्चालन अनुमति पाउन सकेका छैनन् । सरकारले आवश्यक नीतिगत व्यवस्था गर्न लागेको अवस्थामा लाइसेन्स पाउने सम्भावना बढेको व्यवसायी पाण्डे बताउँछन् । समग्रमा नेपालको विद्युत् व्यापार गर्न वैकल्पिक कम्पनी आउनुपर्ने उनको भनाइ छ । ‘अहिले नेपाल  प्राधिकरणले नै एकलौटी रूपमा यहाँ विद्युत् व्यापार गर्दै आएको छ । अब निजीक्षेत्रबाट पनि यस्तै कम्पनी आउन आवश्यक छ,’ उनले भने, ‘समग्रमा अब मल्टी बायर मल्टी ट्रेडरको रूपमा नेपालको ऊर्जा क्षेत्रलाई अगाडि बढाउनुपर्छ ।’

विद्युत् व्यापार कम्पनी खोल्न अनुमति दिने तयारी

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी स्थापना गरेर विद्युत् व्यापारका लागि छुट्टै इजाजत दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘नेपाल पावर ट्रेडिङ कम्पनी’ (एनपीटीसी) लाई इजाजत दिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको हो ।

२१ महिनापछि नेपेक्सले दियो आवेदन

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले गठन गरेको कम्पनीले सरकारले कानुनी व्यवस्था नभएको भन्दै विद्युत् व्यापारका लागि अनुमतिपत्र (लाइसेन्स) दिन अस्वीकार गरेको २१ महिनापछि पुनः आवेदन दिएको छ ।नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार कम्पनी र निजी प्रवद्र्धकहरूको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) लाई कानुनी व्यवस्था नभएको भन्दै अस्वीकार गरेको सरकारले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) […]

विद्युत् व्यापारमा घुस्ने निजी क्षेत्रको कोसिस, प्रस्ताव नै विवादमा

७ जेठ, काठमाडौं । छुट्टै 'विद्युत् व्यापार कम्पनी' स्थापना गर्ने नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रस्ताव विवादमा परेको छ । विद्युत प्राधिकरणले अन्तरदेशीय विद्युत ब्यापार गर्न सहायक कम्पनीका रुपमा 'विद्युत व्यापार कम्पनी' स्थपना गरिसकेको अवस्थमा …