चीनको नाकामा कडाईः गर्मीका लागि ल्याइएको सामान जाडो लाग्दा पनि सीमामा रोक्किए

काठमाडौं, १३ असोज । चीनले नेपालसँगको सीमा नाकालाई बन्द जस्तै बनाएको छ । नाकाबन्दी जस्तै अवस्था हुँदा सामानहरुको आयात सुस्त भएको छ । निर्यात ठप्प नै छ । चीनले गरेको कडाईका कारण नेपाली व्यापारीहरुले गर्मी मौसममा बिक्री गर्नका लागि ल्याएका सामना जाडो सुरु हुनलाग्दा पनि ल्याउन सकेका छैनन् । सीमामा सामानहरु अलपत्र परेका छन्। तत्कालीन […]

सम्बन्धित सामग्री

उच्च हिमालबाट हुने आम्दानी

गएको वसन्तऋतुमा सगरमाथाबाट मात्रै नेपाल सरकारले लगभग ६७ करोड नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको छ । त्यस्तै पर्यटन व्यवसायी र कामदारले पनि पर्वतारोहण पेशाबाट राम्रो आम्दानी गर्ने गरेका छन् । गएको वसन्तऋतुमा विभिन्न देशका आरोहीलाई नेपालका विभिन्न हिमालहरू चढ्न दिएबापत पर्वतारोहीले तिरेको रोयल्टी दस्तुर मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ रहेको छ । विश्वका ८ हजार मीटरभन्दा माथिका सबै अर्थात् १४ ओटै हिम चुचुराहरू एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्वफैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपाल भएर जान्छ । कोरोना महामारी विपत्ति बाँकी नै भएको अवस्थामा पनि यस वर्षको (सन् २०२१) को हिउँदो र वसन्त याम (दुवै सिजन) मा विभिन्न देशका विदेशी पर्वतारोही दलका सदस्यहरूले नेपालमा रहेको ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा लगायत अन्य १६ ओटा हिमाल चढ्न आएका थिए । हुन त उक्त सिजनको शुरू ताका (चोमोलुङमा चढ्ने क्रम शुरू हुँदै गर्दा) भारतको गुजरात, मुम्बई लगायत राज्यमा ‘ताई ती/ताई तु’ नामक समुद्री आँधी, भारतकै पश्चिम बंगाल र बंगलादेश लगायत क्षेत्रमा आएको ‘यास/यस’ नामक समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । त्यसैका कारण हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउँ पर्नाका कारण धेरै दिनसम्म आरोहण कार्य नै रोकियो । फलतः गएको सिजनमा आधाभन्दा कम पर्वतारोहीले मात्रै सगरमाथामाथि विजय प्राप्त गर्न सके । गएको वर्ष जाडो मौसम (विन्टर सिजन) मा पनि विभिन्न देशका १० ओटा विदेशी पर्वतारोहण दलका ४५ जना सदस्य नेपालका विभिन्न हिमाल आरोहण गर्न गएका थिए । सौभाग्यवश त्यसमा ८ हजार मीटरभन्दा माथिको मनास्लु हिमाल पनि परेको थियो । ८ हजार १६३ मीटर अग्लो मनास्लु हिमाल आरोहण गर्न मात्रै गएको वर्षको जाडो मौसममा दुई आरोहण दलका १४ जना पर्वतारोहीहरू मनास्लुतर्फ गएका थिए । बाँकी आठओटा हिमाल आरोहण टोलीले भने ५ हजार ७ सय मीटरभन्दा अग्लो लुजा पिकलगायत अन्य हिमाल चढ्न गएका थिए । ती हिमाल चढेबापत विदेशी पर्वतारोहीले गएको वर्ष (सन् २०२१ मा) मात्रै नेपाल सरकारलाई राजस्व (रोयल्टी) बापत लगभग ९ लाख ८ लाख ९६ हजार ५ सय नेपाली रुपैयाँ तिरेका थिए । विश्वका ८ हजार मीटरभन्दा माथिका सबै अर्थात् १४ ओटै हिम चुचुराहरू एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपाल भएर जान्छ । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मीटर भएको) सम्म रहेका छन् । विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८ हजार ८ सय ४८ दशमलव ८६ मीटर) हो भने हो भने, उक्त हिमाल सन् १९५३ मे २९ मा न्यूजील्यान्डका सर एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चढेका थिए । विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मीटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए भने, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा (सेवालुङ/सेन्छेलुङ) हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा अवस्थित छ । यसको उचाइ ८ हजार ५ सय ८६ मीटर हो । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक सन् १९५५ मे २५ मा चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मीटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै पवश्वको पाँचौं अग्लो हिमाल मकालु (सेसेलुङ) हो । यसको उचाई ८ हजार ४ सय ६३ मीटर रहेको छ भने, जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको एक जन्ती टोलीले नै सन् १९५५ मे १५ मा चढेका थिए । त्यस्तै विश्वको छैटौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मीटर रहेको छ । सन् १९८४ अक्टोम्बर १९ मा (धेरै ढिला गरी) अस्ट्रिेलियाली नागरिकद्वय हर्बट टिची र सेप जेक्लर अन नेपाली नागरिक दावा (लामा) शेर्पाले आरोहण गरेका थिए । विश्वको सातौं अग्लो हिमालचाहिँ धवलागिरि हो । यसको उचाई ८ हजार १ सय ६७ मीटर रहेको छ भने, सन् १९६० को १३ मे मा स्वीटजरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मीटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६, मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरू हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको १०औं अग्लो हिमालचाहिँ अन्नपूर्ण प्रथम हो । यो हिमालको उचाइ ८ हजार ९१ मीटर रहेको छ । त्यस्तै यो हिमाल नै हो, समुन्द्र सतहबाट नाप्दा ८ हजार मीटरभन्दा माथि रहेको भन्ने प्रमाणित भएपछि पहिलोपटक मानव पाइल राख्न सफल भएको, हिमाल । उक्त हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च पर्वतारोही माउरिस हर्जोगले आरोहण गर्न सफल भएका थए । लेखक पर्वतारोहण व्यवसायमा संलग्न छन् ।

भारतसँगको विवादित सीमामा चीनले बढायो सैनिकको सुविधा

चीनको पिपुल्स लिबरेशन आर्मी अर्थात् पिएलएले जाडो सुरु हुनासाथ भारतसँगको विवादित सीमा क्षेत्रमा तैनाथ सैनिकहरूका लागि सुविधा बढाएको छ । चिनियाँ सरकारी मिडियाका अनुसार भारतसँगको विवादित सीमामा खटिएका सैनिकहरुको अवस्थालाई ध्यानमा राख्दै सुविधा बढाइएको हो । ‘जाडोमा चीन र भारतबीच कुनै द्वन्द्व हुने आशंका छैन । तर छिटपुट झडप हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।यहीकारण पिएलए पूर्ण रुपमा तयार रहनुपर्छ,’ पर्यवेक्षकलाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले लेखेको छ ।  भारत