चीनको पिपुल्स लिबरेशन आर्मी अर्थात् पिएलएले जाडो सुरु हुनासाथ भारतसँगको विवादित सीमा क्षेत्रमा तैनाथ सैनिकहरूका लागि सुविधा बढाएको छ । चिनियाँ सरकारी मिडियाका अनुसार भारतसँगको विवादित सीमामा खटिएका सैनिकहरुको अवस्थालाई ध्यानमा राख्दै सुविधा बढाइएको हो । ‘जाडोमा चीन र भारतबीच कुनै द्वन्द्व हुने आशंका छैन । तर छिटपुट झडप हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।यहीकारण पिएलए पूर्ण रुपमा तयार रहनुपर्छ,’ पर्यवेक्षकलाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले लेखेको छ । भारत