सिद्धार्थ बैंक : कम्पनी विश्लेषण (आइतवार, २३ जेठ २०७८)

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु. २ अर्ब ६ करोड ५२ लाख ३८ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा ५४ प्रतिशत बढी भएको हो । गत वर्ष सो अवधिसम्म रु. १५ करोड ३२ लाख १० हजार ऋणात्मक रहेको वितरणयोग्य नाफा यस वर्ष सुधारिएर रु. ८३ करोड १४ लाख ४९ हजार कायम भएको छ । यस वर्ष १२ प्रतिशत बोनस शेयर वितरण गरी बैंकले चुक्ता पुँजी रु. १० अर्ब ९६ करोड २२ लाख ९९ हजार पु¥याएको छ । जगेडा कोष रकम पनि ४४ दशमलव २५ प्रतिशत बढी रु. ८ अर्ब ९७ करोड ७२ लाख २२ हजार कायम भएको छ । गत वर्षभन्दा २३ दशमलव ४२ प्रतिशत बढी रु. १ खर्ब ७२ अर्ब ३१ करोडभन्दा बढी निक्षेप संकलन गरेको बैंकले २३ दशमलव ८६ प्रतिशत बढी रु. १ खर्ब ५३ अर्ब ५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी रु. २५ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रु. १८१ दशमलव ८९ रहेको बैंकको बिहीबार अन्तिम शेयर मूल्य रु. ४६९ कायम भएको छ । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्यमा बढ्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७४ दशमलव ३४ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ९ दशमलव ५१ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ४६९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४४३ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ५९ कारोबार दिनयताकै उच्च हो ।