चितवन : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोटको थुम्सीमा बाढीले डाइभर्सन बगाउँदा यात्रूहरूको बिचल्ली भएको छ।बिहीबार राति परेको वर्षाले थुम्सीको २३ स्मृति पुलको डाइभर्सन बगाएको हो। निरन्तर वर्षा भइरहेकाले डाइभर्सन बनाउन नसकिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ। पूर्व र पश्चिमबाट आएका गाडीहरूको लामो लाइन लागेको छ। यात्रुहरूको बिचल्ली भएपछि ह्युमपाइपमाथि ढुंगा भरेर पालैपालो गाडी कटाउन थालिएको इलाका प्रहरी कार्यालय गैंडाकोटकी इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन