यातायात व्यवसायीको विरोध प्रदर्शनले 'ट्राफिक' अस्तव्यस्त, रिङरोडमा जाम

भाडा समायोजन लगायत ७ बुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी र ट्याक्सी चालकले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघको अगुवाइमा उपत्यकाका सार्वजनिक यातायात र ट्याक्सीले चक्रपथमा विरोध प्रदर्शन गरेका हुन् ।  सार्वजनिक यातायातका सवारी चालकलाई खोपको व्यबस्था, यातायातको भाडा एवं ट्याक्सीको शुरूआती फ्ल्याट डाउन समायोजन, २० वर्ष पुगेको सवारी साधनको अवधि थप गर्नुपर्ने लगायत माग राखेर उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले यातायात कागजात र नवीकरणको जरिवाना छुटको पनि माग ...

सम्बन्धित सामग्री

पोल्याण्डका यातायात मजदुरद्वारा युक्रेनसँग जोडिने सडक अवरुद्ध

पोल्याण्डका यातायात मजदुरहरूले युक्रेनसँगको सीमानामा जाने सडक अवरुद्ध गरेका छन्।पोल्याण्डका यातायात कम्पनीका प्रतिनिधिहरूले छिमेकी देशका व्यवसायहरूबाट अनुचित प्रतिष्पर्धाको विरुद्धमा युक्रेनसँगको तीन वटा सीमानाका सडक अवरुद्ध गरेका हुन्। प्रदर्शनकारीहरूले ट्रकहरूलाई लुब्लिन भोइभोडशिपको कोर्चोवा र डोरोहस्कको क्रसिङहरूमा जानबाट रोकेका थिए। जसकारण लामो जाम परेको थियो।रूस–युक्रेन द्वन्द्व शुरु भएपछि, ईयूले युक्रेनी यातायात कम्पनीहरूलाई ब्लकमा प्रवेश गर्न अनुमति दिने प्रणालीमा माफी दिएको थियो। प

पेट्रोलिम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै सडक जाम

पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्य वृद्धिको विरोधमा उत्रेका म्याजिक भेन र तीन चेक्क टेम्पो यातायात व्यवसायीले सडक जाम गर्दै मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका थिए।...

पेट्रोलियम मूल्यवृद्धिको विरोधमा विराटनगरमा चक्का जाम

विराटनगर : इन्धनको मूल्य वृद्धि  विरोधमा विराटनगरमा चक्काजाम गरिएको छ।नेपाल आयल निगमले आइतबार रातिबाट पेट्रोल, डिजेललगायत इन्धनमा गरेको  मूल्यवृद्धि गरेपछि विराटनगरका यातायात व्यवसायीले विरोधमा चक्का जाम गरेका हुन्।मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकले कोशी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका  थिए।विरोधको नाममा बाटो अवरोध गरेर  चक्का जाम गरेको भन्दै आन्दोलनरत ६ जना चालकसहित सवारी साधन मोरङ प्रहरीले निय

पर्वत दुर्घटनाका घाइतेको उपचारमा यातायात व्यवसायीले बेवास्ता गरेपछि चक्काजाम

बुधबार पर्वतमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको उपचारमा यातायात व्यवसायी र सम्बन्धित सवारी धनीले व्यवास्ता गरे पनि अक्षेतेमा चक्का जाम गरिएको छ।...

व्यवसायीको दबाबमा हट्यो बेनी बजारको एकतर्फी यातायात

म्याग्दी : व्यवसायीको दबाबपछि बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन हटेको छ। बेनी नगरपालिकाको कार्यालयमा मंगलबार बेनी बजारको ट्राफिक व्यवस्थापनबारे बसेको सरोकारवालाहरूको बैठकले एकतर्फी यातायात हटाउने निर्णय गरेको हो।यो निर्णयसँगै सरोकारवालाहरू यसअघि आफैँले गरेको निर्णयबाट पछि हटेका छन्। १४ मंसिरमा नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य संघको बैठकले सवारीसाधनको बढ्दो चापसँगै बेनी बजारभित्र हुने जाम हटाउने र सवारी आवतजावत व्यवस्थित बनाउने विकल्प नभएपछि १ पुसदेखि एकतर्फ

बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन

म्याग्दी – सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारी साधनको बढ्दो चापसँगै बजारभित्र हुने जाम […]

बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन

म्याग्दी । सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारी साधनको बढ्दो चापसँगै बजारभित्र हुने जाम […]

माइतीघरमा यातायात व्यवसायीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं : यातायात व्यवसायीहरूले भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप माग गर्दै विरोध र्‍याली निकालेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्‍वानमा माइतीघरमा र्‍याली निकालिएको हो।र्‍यालीले गर्दा यसक्षेत्रमा केहीबेर सवारी जाम भएको थियो। व्यवसायीहरू यातायातको कागज पत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, यातायातको बिमा छुट,२० वर्ष पुगेका सवारीको अवधि थप गर्नुपर्नेलगायत माग राखेर आन्दोलित छन्।केही तस्वीर झलक :

यातायात व्यवसायीको आन्दोलनले काठमाडौंमा ठूलो जाम (फोटोफिचर)

काठमाडौं, ७ साउन । यातायात व्यवसायीको आन्दोलनका कारण आज काठमाडौंमा सडक जाम भएको छ । यसले गर्दा यात्रीले ठूलो सास्ती व्यहोर्नुपरेको छ । बिहीबार विभिन्न ७ बुँदे मागसहित यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । कोभिड–१९ विरुद्धको खोप सबै चालक, सहचालकलाई लगाउनुपर्ने, २० वर्षमाथि पुगेका सबै सवारीको अवधि थप्नुपर्ने, यातायातको भाडा र ट्याक्सीको सुरुवाती कल समायोजन […]

यातायात व्यवसायीको र्‍यालीले काटेश्वरदेखि सानेपासम्मै जाम, यात्रु मर्कामा

काठमाण्डाै – यातायात व्यवसायीले गाडीसहित निकालेको र्‍यालीले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै उनीहरुले चक्रपथमा र्‍याली निकालेका छन् । र्‍यालीका कारण काटेश्वरदेखि सानेपासम्म नै जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका भित्रि सडकमा भने जाम छैन । कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई राहतको व्यवस्था तथा गाडीको बिमा, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप लगायतका माग उनीहरु...