म्याग्दी : व्यवसायीको दबाबपछि बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन हटेको छ। बेनी नगरपालिकाको कार्यालयमा मंगलबार बेनी बजारको ट्राफिक व्यवस्थापनबारे बसेको सरोकारवालाहरूको बैठकले एकतर्फी यातायात हटाउने निर्णय गरेको हो।यो निर्णयसँगै सरोकारवालाहरू यसअघि आफैँले गरेको निर्णयबाट पछि हटेका छन्। १४ मंसिरमा नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य संघको बैठकले सवारीसाधनको बढ्दो चापसँगै बेनी बजारभित्र हुने जाम हटाउने र सवारी आवतजावत व्यवस्थित बनाउने विकल्प नभएपछि १ पुसदेखि एकतर्फ