महेन्द्रनगर, २१ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रुपालवासीको परम्परागत रुपाली होलीले रौनकता छाएको छ । फागू पुर्णिमाको तीन दिनअघि देखि सुरु भएको रुपाली होली कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडा र १८ गोवरीयामा भव्य रुपमा एकादशीदेखि सुरु भएको हो । दशकौँदेखि सुदूरपश्चिममा समुदाय विशेषले मनाउने रुपाली होलीको रौनक बढेको निम्बुखेडा रुपाली होली समाजका अध्यक्ष डम्बरदत्त भट्टले जानकारी दिए। […]