अब ‘खल्ती’बाट निःशुल्क बैंक खातामा पैसा पठाउन सकिने
काठमाडौँ। पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यस मार्फत प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन्।
खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यसमार्फत प्रयोगकर्ताहरूले निःशुल्क रुपमा अब कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ। ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम रु. ५०,००० र प्रति दिन रु. १ लाख रहेको छ। यो अफर चैत्र ७ गते देखि नयाँ वर्षको बैशाख ६ गते सम्म लागु हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिए ।
पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले नि:शुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यस मार्फत प्रयोगकर्ताहरूले नि:शुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन् ।
प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रिया सरल र सजिलो प्रक्रिया बनाउन खल्तीले यो अफर ल्याएको जनाएको छ । खल्तीबाट प्रति...
काठमाडौं (अस) । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र एभरेष्ट बैंकबीच बैंक लिंक सेवा सम्झौता भएको छ ।
सम्झौतापछि उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गरी बैंकका वित्तीय सुविधा आइएमई पे एपमा प्रयोग गर्न सक्नेछन् ।
हालसम्म नेपालका १४ बैंकसँग सोही प्रकृतिको सम्झौता गरेको आइएमई पेम लिंक–अपमा निःशुल्क ट्रान्सफर तथा शीघ्र ट्रान्सफरलगायत सुविधा छन् ।
आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले आफ्नो सुविधाअनुसार बैंकको खातामा आइएमई पे एपबाट निः शुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी सिस्टमलाई अद्यावधि गरिएको कम्पनीले बताएको छ ।
आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले सीधै आइएमई पेको पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्नेलगायत सुविधा उपलब्ध हुनेछन् ।
आइएमई डिजिटल सोलुसनद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टमार्फत विभिन्न किसिमका भुक्तानी कार्य गर्न सकिन्छ ।