काठमाडौं (अस) । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र एभरेष्ट बैंकबीच बैंक लिंक सेवा सम्झौता भएको छ ।
सम्झौतापछि उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गरी बैंकका वित्तीय सुविधा आइएमई पे एपमा प्रयोग गर्न सक्नेछन् ।
हालसम्म नेपालका १४ बैंकसँग सोही प्रकृतिको सम्झौता गरेको आइएमई पेम लिंक–अपमा निःशुल्क ट्रान्सफर तथा शीघ्र ट्रान्सफरलगायत सुविधा छन् ।
आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले आफ्नो सुविधाअनुसार बैंकको खातामा आइएमई पे एपबाट निः शुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी सिस्टमलाई अद्यावधि गरिएको कम्पनीले बताएको छ ।
आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले सीधै आइएमई पेको पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्नेलगायत सुविधा उपलब्ध हुनेछन् ।
आइएमई डिजिटल सोलुसनद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टमार्फत विभिन्न किसिमका भुक्तानी कार्य गर्न सकिन्छ ।