बेस्ट फाइनान्सको २६औँ साधारणसभा

 बेस्ट फाइनान्स कम्पनी लिमिटेडले आव ०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । फाइनान्सका अध्यक्ष खिमलाल पौडेलको अध्यक्षतामा भएको २६औँ वार्षिक साधारणसभा आव ०७९/८० का लागि...

सम्बन्धित सामग्री

चितवनको नारायणगढमा बेस्ट फाइनान्सको शाखा

काठमाडौं (अस) । बेस्ट फाइनान्स कम्पनीले चितवनको नारायणगढ शहीदचोकमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा उद्घाटन चितवन जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष चुननारायण श्रेष्ठले गरे । उक्तशाखाशुभारम्भ कम्पनीले नारायणगढ शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बताएको छ । बाग्लुङको गलकोट, मधेस प्रदेशको वीरगञ्ज तथा प्रदेश १ को इटहरीमालगायत अन्य जिल्ला शाखा विस्तारको योजना रहेको कम्पनीले जनाएको छ ।

बेस्ट फाइनान्सको थतिचोक शाखा स्थानान्तरण

काठमाडौं (अस) । बेस्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका–१२ थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कछेउ स्थानान्तरण गरी आइतबारबाट सञ्चालनमा आएको छ । नयाँ शाखाको बैंक सञ्चालक लक्ष्मी श्रेष्ठ र पूर्वसञ्चालक मिलन थापाले संयुक्त रूपमा उद्घाटन गरे । हाल कम्पनीले १४ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

बेस्ट फाइनान्सको चाबहिल शाखा स्थानान्तरण

काठमाडौं (अस) । बेस्ट फाइनान्स कम्पनीले चाबहिलमा रहेको शाखा कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीले काठमाडौं महानगर–७ हस्पिटल मार्गमा रहेको चाबहिल शाखा चाबहिल चोकस्थित देव भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो । कम्पनी सञ्चालक समिति अध्यक्ष खिमलाल पौडेलले उक्त नयाँ शाखा कार्यालय उद्घाटन गरे ।

दोहोरो अंकले बढ्यो नेप्से, बेस्ट फाइनान्स र रिडी हाइड्रोमा पोजेटिभ सर्किट

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २७.५१ अंकले बढेर २५८४.५२ को बिन्दुमा पुगेको छ ।आज कारोबारमा आएका २२५ कम्पनीका ५८ लाख १८ हजार २५ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ७७ करोड ३४ लाख २० हजार १ सय ३५ रुपैयाँ बराबरको भएको छ । जस मध्ये आइसीएफसी फाइनान्सको १५ करोड ९१ लाख बराबरको कारोबार भएको छ । त्यस्तै एनआईसी एसिया बैंकको ९ करोड ३५ लाख र अरुण भ्याली हाइड्रोको ८ करोड ६४ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका ट्रेडिङ बाहेकका समुहगत सूचक बढेका छन् । ट्रेडिङ समुह भने १.०७ प्रतिशत घटेको छ । आज फाइनान्स समुह सबैभन्दा धेरै ४.११ प्रतिशतले बढेको छ । आज बेस्ट फाइनान्स र रिडी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने मेरो माइक्रोफाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।

बेस्ट फाइनान्सको खुद नाफा १२ करोड , प्रति शेयर आम्दानी ५८ रुपैयाँ

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बेस्ट फाइनान्स Best Finance Company  ले  १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीको नाफा ८९ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.५७ प्रतिशतले घटेको छ। यद्यपि फाइनान्सको कुल सञ्चालन आम्दानी ८०.३९ प्रतिशत बढेपछि र खराब कर्जा कम भएपछि कम्पनी नाफामा पुगेको हो। यस अवधिमा कम्पनीकोखराब कर्जा १४.२६ प्रतिशतबाट घटेर ४.०५ प्रतिशत कायम भएको छ।कम्पनीको वितरण योग्य मुनाफा भने २७ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यस अवधिमा कम्पनीको निक्षेप ४.३२ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५३.११ प्रतिशत रहेको छ। समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५८.४७ रुपैया, पीई रेसियो ७.३४, प्रति शेयर नेट वर्थ १२५.३५ रुपैयाँ, कोषको लागत ७.०९, र बेस रेट १०.५८ प्रतिशत रहेको छ ।

बेस्ट फाइनान्सको न्यूरोड शाखा स्थानान्तरण

काठमाडौं (अस) । बेस्ट फाइनान्स कम्पनीले काठमाडाैं महानगरपालिका–२२ मा रहेको न्यूरोड शाखा स्थानान्तरण गरेको छ । कम्पनीले सोही वडाको न्युरोड पीपलबोटस्थित रमागृह भवनमा भदौ ९ गते उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो । नयाँ शाखा कार्यालय उद्घाटन संस्था सञ्चालक समितिका सदस्य सुशीला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ उपाध्यक्ष महेन्द्ररत्न शाक्यले संयुक्त रूपमा गरे । कार्यक्रममा न्युरोड क्षेत्रका व्यवसायी तथा संस्थाका पूर्वपदाधिकारी एवं स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो । हाल कम्पनीले १४ शाखा कार्यालयमार्फत कारोबार गर्दै आएको छ ।

बेस्ट फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं। आज साताको अन्तिम दिन तथा वर्षको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बेस्ट फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेप्सेका अनुसार कम्पनीको सेयर मूल्य प्रति कित्ता १७ रूपैयाँले बढेको हो। कारोबार सुरु हुँदा प्रतिकित्ता १७० रूपैयाँ रहेको कम्पनीको सेयर मूल्य नेप्से बन्द हुँदा १८७ मा पुगेर रोकिएको छ।