फागुन १९ गतेबाट सञ्चालन भएको तीन दिवसीय 'पृतनापति समन्वयात्मक बैठक २०७७' शुक्रबार सम्पन्न भएको छ । जंगी अड्डास्थित सगरमाथा हलमा सो बैठक आयोजना भएको थियो ।
उक्त समारोहमा समापन मन्तव्य राख्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले यस सम्मेलनबाट भविष्यमा नेपाली सेनाले गर्नैपर्ने, गर्नुपर्ने र गर्नसक्ने कार्यहरुको योजना निर्माणमा सबैको समान सोच र दृष्टिकोण बनाउन मद्दत पुर्याउने र भावी योजनाको प्रभावकारी कार्यान्वयनको आधार तयार भएको बताए ।
नीति, नियम र निर्देशिकामा आधारित कार्य प्रणालीले नै नेपाली सेनालाई पद्धति र प्रणाली...