काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छूट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेखहरूको नियमित रूपमा नवीकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित अवस्थामा रहेका बीमालेखहरूको पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा आवश्यक प्रक्रिया पूरा गरी २०८० साल वैशाख ६ गतेदेखि वैशाख २० गतेसम्ममा पुनर्जागरण गर्दा लाग्ने बीमाशुल्क ब्याजमा शत प्रतिशत छूट प्रदान गरिएको कम्पनीले जनाएको छ ।
साथै पुनर्जागरण भएका बीमालेखहरूअन्तर्गत जोखिम वहन हुने कम्पनीबाट प्रदान गरिने बोनससमेत प्राप्त हुने जानकारी कम्पनीले दिएको छ । सो सम्बन्धी जानकारीका लागि कम्पनीको कर्पोरेट तथा नजीकको शाखा तथा उपशाखा कार्यालयहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ । यो छूट बीमा अवधिभर एक पटक मात्रै प्राप्त हुने कम्पनीले जनाएको छ ।
त्यस्तै कनेक्ट आईपीएस, खल्ती, ईसेवा र सेलपेमार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने समेत कम्पनीले जानकारी गराएको हो ।