यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश परिमार्जन

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजीको ८ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा परिमार्जन गरी ८ दशमलव ९७ प्रतिशत बोनस शेयरमात्रै वितरण गर्ने भएको हो ।  कम्पनीको आव २०७७/७८ को वित्तीय विवरण स्वीकृतिको लागि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशनबमोजिम पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरेको लाभांशलाई परिमार्जन गरेको हो । अब यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

सम्बन्धित सामग्री