सिभिल सहकारी ठगी प्रकरण : ११ सय ४७ जाहेरी दर्ता, ४ अर्ब ५५ करोडको विगो दाबी

भविष्य सुरक्षित बनाउन सहकारीमा पैसा राखेकाहरूको भोक र निद्रा खोसिएको छ । निक्षेपकर्तालाई न्याय दिन सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक छ ।

सम्बन्धित सामग्री

सिभिल सहकारी ठगी प्रकरण: पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना पक्राउ

काठमाडौँ– काठमाडौँको सोल्टीमोडमा रहेको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले आज मंगलवार सहकारीकी लेखा समिति सदस्य सिर्जना शाक्य (तामाङ) लाई पुतलीसडकबाट पक्राउ गरेको हो । लेखा समिति सदस्य रहेकी उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २७ पुस २०७८ मा पक्राउ पूर्जी जारी भएको थियो । […]

सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङकी श्रीमती पक्राउ

काठमाण्डाै – सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाकाे ठगी प्रकरणमा संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) पक्राउ परेकी छन् । ठगीसम्बन्धी कसुर तथा सङ्गठित अपराधमा फरार रहेकी शाक्यलाई नेपाली प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबीले) आज मङ्गलवार पक्राउ गरेकाे हाे । उनलाई काठमाण्डाैकाे रामशाहपथबाट पक्राउ गरिएकाे ब्युराेका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महताेले जानकारी दिनुभयाे ।  साेल्टीमाेडमा रहेकाे सहकारीले आकर्षक ब्याज दर एवम् विभिन्न प्रलोभन देखाइ ठूलो सङ्ख्यामा बचतकर्ता...

सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै...

सिभिल सहकारी ठगी प्रकरण : सरकारी वकिलको बहस सकियो

काठमाडौं : ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष एवं पूर्व सांसद इच्छाराज तामाङसहित १२ जना प्रतिवादीहरूविरुद्धको सरकारी बहस सकिएको छ।आज काठमाडौं जिल्ला अदालतमा चार जना सरकारी वकिलले इच्छाराजसहितका प्रतिवादीविरुद्ध थुनछेक बहस गरेका हुन्। प्रेमराज पौडेल, सुदिप डंगोल, भीमप्रसाद भुर्तेल र लक्ष्मण घिमिरेले इच्छाराजसहितका प्रतिवादीविरुद्ध बहस गरेको जिल्ला अदालतले जनाएको छ।संगठित ठगीको आरोपमा उनीहरुलाई पुर्पक्षमा पाठाउनुपर्ने माग सरकारी वकिलहरूले गरेका छन्। अब इच्छाराजसहितकातर्फबाट १५ जनाले व

सिभिल सहकारी ठगी प्रकरण : ४२ विरुद्ध मुद्दा

सिभिल सहकारीले निक्षेपकर्तामाथि गरेको आर्थिक ठगीमा ४२ प्रतिवादी करार गर्दै शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा पेस भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बहसका लागि मुद्दा पेस गरेको हो ।  जिल्ला सरकारी वकिल...

सिभिल सहकारी ठगी प्रकरण : सहकारीको रकम ठग्न २१ कम्पनी खडा

विनाधितो कम्पनीका नाममा कर्जा लिई व्यक्तिको खातामा जम्मा निक्षेपकर्ताबाट उठाएको रकम ठग्न सिभिल सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद् इच्छाराज तामाङले २१ कम्पनी खडा गरेको खुलेको छ । जसमध्ये एउटा सिभिल बैंक लिमिटेड...

सिभिल सहकारी ठगी प्रकरण : रू. ४ अर्बभन्दा बढी पुग्यो बिगो रकम

काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभमार्फत इच्छाराज तामाङसहितको टोलीले गरेको ठगी रकम ४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । असोज मसान्त अर्थात् आइतवारसम्म सहकारीका पूर्वअध्यक्षसमेत रहेका तामाङसहितको टोलीले निक्षेपकर्ताको रू. ४ अर्ब ७ करोड १ लाख १ हजार ४४४ रुपैयाँ ठगी गरेको आरोप लागेको हो । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा शुक्रवारसम्म ९९१ जना पीडितले जाहेरी दिएका छन् । उक्त जाहेरीको आधारमा बिगो रकम ४ अर्बभन्दा माथि पुगेको सीआईबी प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । सम्भवतः यो सहकारी क्षेत्रमा भएको सबैभन्दा ठूलो गठी प्रकरण हुन सक्ने उनको भनाइ छ । ‘अझै पनि केही पीडितहरू जाहेरी दिने तयारीमा छन् । करीब १ हजार जनाले लिखित जाहेरी दिएका छन् । हामीले गरेको प्रारम्भिक अध्ययनअनुसार सम्भवतः सहकारी क्षेत्रमा यो स्तरको ठगी प्रकरण यसभन्दा पहिला भएको देखिँदैन,’ उनले भने, ‘तसर्थ, सहकारी क्षेत्रमा भएको यो सबैभन्दा ठूलो प्रकरण हो जस्तो लाग्छ ।’ उनले यस घटनामा विषयमा अहिले आवश्यक प्रमाणहरू जुटाउने काम भइरहेको बताए । ‘अझै पनि हामी यस मुद्दामा आवश्यक कागजपत्र जुटाउने काम गरेका छौं । त्यो काम सकिएपछि मात्र हामी यस मुद्दाको विश्लेषण गर्ने चरणमा प्रवेश गर्छाैं,’ प्रवक्ता महतोले भने । सीआईबीले ७७ जना पीडित निक्षेपकर्ताको जाहेरीको आधारमा गत असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । साथै, असोज १९ गते थप ११ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरेपछि अन्य पीडित निक्षेपकर्ताहरू पनि जाहेरी दिँदै आएका छन् । सीआईबीले असोज १९ गते उक्त आरोपीहरूलाई सार्वजनिक गर्दा बिगो रकम ७० करोड रुपैयाँको हारहारीमा थियो । तर, हालसम्म आउँदा बिगो रकम ४ अर्बभन्दा बढी पुगेको छ । निक्षेपकर्ताहरूको उजुरीको आधारमा सीईआईबीले पक्राउ गरेका तामाङ पूर्वसभासद् पनि हुन् । साथै, उनी सिभिल बैंकका बहालवाला अध्यक्ष पनि रहेका छन् ।

सिभिल सहकारी ठगी प्रकरण : सीआईबीको सम्पर्कमा आउँदै पीडितहरू

काठमाडौं । निक्षेपकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङसहितको १२ जनाको टोली पक्राउ परेपछि पीडितहरू सम्पर्कमा आउन थालेका छन् । उनीहरूलाई पक्राउ गरेपछि थप ११३ जना पीडित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सम्पर्कमा आएका छन् । सीआईबीले ७७ जना पीडित निक्षेपकर्ताको जाहेरीका आधारमा गत सोमवार र मंगलवार सहकारीका पूर्वअध्यक्ष तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । गत मंगलवार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई ५ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । उनीहरूलाई अहिले हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ । यस क्रममा थप पीडितहरू थपिँदै आएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले बताए । ‘उनीहरूलाई पक्राउ गरेपछि मंगलवार ६० र बुधवार ५३ जना पीडितहरूले जाहेरी दिइसकेका छन्,’ उनले भने, ‘बिहीवार घटस्थापनाको बिदाका कारण थप पीडितहरू आएका छैनन् ।’ पीडितहरू थपिएसँगै तामाङसहितको टोलीले गरेको ठगी रकम पनि बढेर करीब ८४ करोड पुगेको उनको भनाइ छ । मंगलवार १३७ पीडितको जाहेरीका आधारमा उनीहरूमाथि ७० करोड ८७ लाख १३ हजार रुपैयाँ गठी गरेको आरोप लगाइएको थियो । तर, अहिले त्यो बढेर करीब ८४ करोड रुपैयाँ पुगेको छ । उनीहरूलाई सहकारी ऐन तथा ठगीसम्बन्धी ऐनमा रहेर मुद्दा अगाडि बढाइएको छ । यस क्रममा सीआईबीले मंगलवार उनीहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । निक्षेपकर्ताहरूको उजुरीका आधारमा सीईआईबीले पक्राउ गरेका तामाङ पूर्वसभासद पनि हुन् । साथै, उनी सिभिल बैंकका बहालवाला अध्यक्ष पनि रहेका छन् । यस कसुरमा संलग्न अन्य ११ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । यसमा सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि छन् । निक्षेपकर्ताले मुद्दती खातामा जम्मा गरेको रकम अवधि सकिएपछि झिक्न पटकपटक सहकारीमा पहल गरेका थिए । तर पनि सहकारीबाट पैसा फिर्ता नपाएपछि पीडित निक्षेपकर्ताहरू कानूनी प्रक्रियामा अगाडि बढेका हुन् । सीआईबीले अन्य पीडित निक्षेकर्तालाई पनि सम्पर्कमा आउन आग्रह गरेको छ । प्रारम्भिक अध्ययनले सिभिलमा करीब २ हजार २०० जना सक्रिय निक्षेपकर्ता छन् । तर, त्यसमा कति जना ठगिए भनेर यकिन भइसकेको छैन । तसर्थ, सबै पीडित निक्षेपकर्ता सम्पर्कमा आएर जाहेरी दिनुपर्ने प्रवक्ता महतोले बताए । यस घटनामा तामाङसहितको टोलीले योजनाबद्ध रूपमा उक्त रकम हिनामिना गरेको बताइएको छ । उनीहरूले सहकारी ऐन तथा नियमावलीले तोकेको क्षेत्रभन्दा बाहिर गएर निजी प्रयोजनका लागि उक्त रकम प्रयोग भएको बताइएको छ । सहकारीले गरेको विभिन्न क्षेत्रमा लगानीको प्रतिफल पनि नआएको बताइएको छ । ‘सहकारीले अरू विभिन्न संस्थामा लगानी गरेको थियो । तर, त्यसबापत सहकारीले पाउने प्रतिफल पनि प्राप्त नभएको जाहेरवालाहरूले बताएका छन्,’ सीआईबी प्रवक्ता महतोले भने, ‘त्यो रकम अन्त कतै लगेर हिनामिना गरिएको हुन सक्छ । तसर्थ यस विषयमा रहेर पनि अनुसन्धान गरिरहेका छौं ।’

सिभिल सहकारी ठगी प्रकरण : तामाङसहित १२ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । निक्षेपकर्ताले जम्मा गरेको करोडौं रकम ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित सबै आरोपितलाई ५ दिन थुनामा राखिने भएको छ । मंगलवार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई हिरासतमा राखेर नै अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । सहकारीका निक्षेपकर्ताको ७० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सोमवार तामाङलाई सीआईबीले पक्राउ गरेको थियो । यस्तै, उक्त कसुरमा संलग्न अन्य ११ जनालाई पनि मंगलवार पक्राउ गरिएको थियो । निक्षेपकर्ताले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई सहकारी ऐन तथा ठगीसम्बन्धी ऐनमा रहेर मुद्दा अगाडि बढाइएको छ । यसै क्रममा सीआईबीले मंगलवार उनीहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । सीआईबी प्रवक्ता श्यामकुमार महतोले उनीहरूलाई अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद पाएको बताए । १३७ जना निक्षेपकर्ताको उजुरीको आधारमा सीआईबीले पक्राउ गरेका तामाङ पूर्वसभासद् पनि हुन् । साथै, उनी सिभिल बैंकका बहालवाला अध्यक्ष पनि रहेका छन् । पक्राउ परेकामा सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि रहेका छन् । पक्राउ पर्ने अन्यमा सहकारीका सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेज मायोनानी महर्जन र एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगीत श्रेष्ठ रहेका छन् । यसैगरी सहकारीका लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ र कौस्तुभ केतन ढुंगाना रहेका छन् । यसैगरी सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्व लेखासमिति सदस्य हरिहर लामिछाने पनि पक्राउ परेका छन् । उनीहरूले संगठित रूपमा सहकारीको ७० करोड ८७ लाख १३ हजार रुपैयाँ ठगी गरेको निक्षेपकर्ताहरूको जाहेरीमा उल्लेख छ । आरोपितहरूले सहकारी ऐन तथा नियमावलीले तोकेको क्षेत्रभन्दा बाहिर गएर निजी प्रयोजनका लागि सहकारीको रकम प्रयोग गरेको बताइएको छ । सहकारीले गरेको विभिन्न क्षेत्रमा लगानीको प्रतिफल पनि नआएको बताइएको छ । ‘सहकारीले अरू विभिन्न संस्थामा लगानी गरेको थियो । तर, त्यसबापत सहकारीले पाउने प्रतिफल पनि प्राप्त नभएको जाहेरवालाहरूले बताएका छन्,’ सीआईबी प्रवक्ता महतोले भने, ‘त्यो रकम अन्त कतै लगेर हिनामिना गरिएको हुन सक्छ । तसर्थ यस विषयमा रहेर पनि अनुसन्धान गरिनेछ ।’ सहकारीबाट कर्जा लगानी भई तयार भएका परियोजनाहरूबाट निर्माण गरिएका संरचनाहरू विक्री गर्दा प्राप्त रकम पनि संस्थामा नआएको देखिएको छ । सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसूर गरेको देखिन आएकाले मुद्दा अगाडि बढाइएको प्रहरीको भनाइ छ ।