सिद्धार्थ–प्रिमियर एकीकृत कारोबार शुरू

काठमाडौं । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको एकीकृत कारोबार शुरू भएको छ । मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट बुधवारदेखि एकीकृत कारोबार शुरू भएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक कार्यक्रमका बीच एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । दुवै बीमा कम्पनी एक बराबर एक शेयर अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँभन्दा पुगेको छ । यस्तै बीमा कोषमा २ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको कुल सम्पत्ति १० अर्ब २५ करोड रुपैयाँ छ भने बजार पूँजीकरण १८ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । कम्पनीद्वारा जारी गरिएको बीमालेख संख्या ४ लाख १७ हजार १८२ रहेको छ । गत असार २७ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका यी कम्पनीले करीब आठ महीनामा मर्जर प्रक्रिया सम्पन्न गरेका हुन् । यी दुई कम्पनीले मर्जरका लागि नेपाल बीमा प्राधिकरणबाट माघ १६ गते, नेपाल धितोपत्र बोर्डबाट माघ २४ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन ८ गते अन्तिम स्वीकृति प्राप्त गरेका थिए । मर्जरपछि बनेको नयाँ कम्पनीमा नयाँ सञ्चालक समितिसमेत गठन भएको छ । कम्पनीमा सुरेशलाल श्रेष्ठको अध्यक्षतामा ६ सदस्यीय नयाँ सञ्चालक समिति गठन भएको छ । समितिका सञ्चालकहरूमा पवनकुमार अग्रवाल, राजनकुमार श्रेष्ठ, राहुल अग्रवाल, बलराम श्रेष्ठ र रामेश्वरप्रसाद बस्याल छन् । फागुन १७ गते बिहान बसेको सञ्चालक समितिको प्रथम बैठकले सुरेशलाल श्रेष्ठलाई सञ्चालक समिति अध्यक्षमा चयन गरेको जानकारी कम्पनीले गराएको छ ।

सम्बन्धित सामग्री

हिमालयन क्यापिटल लिमिटेडको एकीकृत कारोबार शुरू

काठमाडौं। हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरेपश्चात् कायम भएको हिमालयन क्यापिटल लिमिटेडले गत शुक्रवारबाट एकीकृत कारोबार शुरू गरेको छ । हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष सुनिलप्रसाद गोर्खाली र साविकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष भोलाबहादुर विष्टले संयुक्त रूपमा उद्घाटन गर्दै एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् । हिमालयन क्यापिटल लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर १२ मा एकीकृत कारोबार सञ्चालनको अनुमति पाएको थियो । कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष गोर्खालीले मर्चेन्ट बैंकिङ व्यवसायमा छोटो समयमा नवीनतम सेवा प्रवाह गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गरेको हिमालयन क्यापिटल लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडको सम्मिश्रणबाट सकारात्मक प्रभाव सृजना भई ग्राहकलाई प्रदान गरिने सेवा तथा सुविधा अझ सबल र सुदृढ भई नेपाली पूँजी बजारको विकासमा टेवा पुग्ने बताए ।

युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार शुरू

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार शुरू भएको छ । आइतवारदेखि एकीकृत कारोबार शुरू गरेको कम्पनीले आगामी चार वर्षभित्र सर्वश्रेष्ठ पाँच निर्जीवन बीमा कम्पनीभित्र पर्ने उद्घोष गरेको छ ।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतवार काठमाडौंमा आयोजित विशेष समारोहमा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिए । बीमा क्षेत्रमा असीमित जोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरू गाभ्ने नीति ल्याएको उनले बताए । मर्जरपछिको कम्पनीमा ‘सिनर्जी’ ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न उनले सुझाए । साथै निश्चित रकमसम्मको दाबी क्षेत्रीय कार्यालयबाट भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने तथा सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा उनले जोड दिए । समारोहमा साविक युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्त श्रेष्ठले गुणस्तरीय सेवा दिन र बीमाको लागत घटाउन कम्पनी मर्जरमा गएको बताए । कम्पनीको पूँजी बढाएर ठूलो बनाउनुपर्ने आवश्यकता महसूस भइरहेकै बेला नियामकले चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएपछि दुई कम्पनीबीच मर्जर भएको उनको भनाइ थियो । अब कम्पनीले नयाँ नयाँ क्षेत्रमा लगानी गर्र्दै लगानीकर्तालाई उच्चतम प्रतिफल र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उनले बताए ।  युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष श्रेष्ठले ४ वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नयाँ प्रडक्टसहितको निर्जीवन बीमा सेवा दिने ५ सर्वश्रेष्ठ कम्पनीमा उभ्याउने बताए । सेवा प्रवाहलाई अझ छिटो छरितो र विश्वसनीय बनाउँदै मित्रवत् वातावरणमा सेवा प्रवाह एवं दाबी भुक्तानीलाई शीघ्र र सहज बनाउनेतर्फ केन्द्रित हुने पनि उनले बताए ।  निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नयाँ कम्पनीलाई अनुमति दिँदा नियामकले विचार पुर्‍याउनुपर्ने बताए ।  यस्तै नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमा कम्पनीहरू बीमा सेवा नपुगेका ठाउँमा जानुपर्नेमा जोड दिए । मर्जरसँगै कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीको नेटवर्थ ३ अर्ब २६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी शाखा संख्या १०० र कर्मचारी संख्या ५८१ कायम भएको छ । बीमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । नियमनकारी निकायले तोकेका क्षेत्रहरूमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई प्राप्तिपश्चात् आजदेखि एकीकृत कारोबार शुरू

काठमाडौं । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ति गरेको छ । प्राप्तिपश्चात् आज अर्थात् जेठ १ गतेदेखि ‘प्रभु क्यापिटल लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुरू हुँदै छ । यी दुवै क्यापिटलको वैशाख ९ गते बसेको छुट्टाछट्टै विशेष साधारण सभाले एक्विजिसनसम्बन्धी प्रस्ताव पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख २६ गते पत्र पठाउँदै सेञ्चुरी क्यापिटललाई प्राप्ति गरी सम्पूणर् सम्पत्ति र दायित्व सकार्ने गरी प्रभु क्यापिटलको नाममा एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो । प्रभु क्यापिटल प्रभु बैंकको सहायक कम्पनी हो भने सेञ्चुरी क्यापिटल तत्कालीन सेञ्चुरी बैंकको सहायक कम्पनी हो । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरू गरिसकेका कारण सहायक कम्पनीहरू पनि एक भएका हुन् ।

सानिमा लाइफ र रिलायन्स लाइफको एकीकृत कारोबार शुरू

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको मर्जरपछि एकीकृत कारोबार शुरू भएको छ । मर्जरपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट बिहीवारदेखि एकीकृत कारोबार गरिएको हो । दुवै इन्स्योरेन्स १:१ शेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृति दिएको थियो । यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो । संयुक्त मर्जर समितिको चैत ५ गते बसेको बैठकले मर्जर सम्बन्धी निर्णय गरेको थियो । एकीकृत बनेको कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । मर्जरअघि सानिमा लाइफ इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब रुपैयाँ र रिलायन्स इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ थियो ।

मर्जर सम्झौताको ९ महीनापछि एकीकृत कारोबार शुरू गर्दै सानिमा र रिलायन्स लाईफ

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्स चैत ९ गतेदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । गत असार २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले मर्जर सम्झौता गरेको ९ महीनापछि एकीकृत कारोबार शुरू गर्न लागेका हुन् । दुवै कम्पनीले गत फागुन १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए । नेपाल बीमा प्राधिकरणबाट फागुन १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट र फागुन २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएसँगै यी कम्पनी एक हुन लागेका हुन् । दुई कम्पनी एक भई सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुुरु गर्न लागेका हुन । मर्जरपछि कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वर, काठमाडौंमा रहने कम्पनीहरूले जानकारी दिएका छन् । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । हाल सानिमा लाईफको चुक्तापूँजी रू. २ अर्ब र रिलायन्स लाईफको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ । मर्जरपछि बन्ने कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १० करोड कायम हुनेछ । पूँजी वृद्धि अभियानका लागि कायम गरेको चुक्तापूँजीको व्यवस्था बमोजिम सानिमा रिलायन्स लाइफको चुक्तापूँजी रू. ५ अर्ब पुग्नुपर्नेछ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट यस वर्ष दुबै कम्पनीले शेयरधनीहरूलाई लाभांश वितरण गरेका छैनन् । दुबै कम्पनीको शेयर संरचना हाल संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत रहेको छ । हाल कायम शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फको १९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने कम्पनीले जानकारी दिएको छ । शेयर संरचना परिवर्तनको प्रस्ताव समेत कम्पनीहरूले वार्षिक साधारण सभाबाट पारित गराईसकेका छन् । दुबै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी रहेकाले एकीकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का हुनेछ । मर्जर तथा प्राप्ति सम्बन्धि व्यवस्था बमोजिम एकीकृत कारोबार भएको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार बुधवारदेखि

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । यी दुवै कम्पनीले एकीकृत कारोबार गर्नेसम्बन्धमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेखी शेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेका छन् । पछिल्लो व्यवस्थाअनुसार मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने हुन्छ । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने/गाभिने प्रक्रिया सम्पन्न भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-११ बबरमहलमा रहने गरी फागुन १७ गते बुधबारदेखि निर्जीवन बीमा सेवाको एकीकृत कारोबार सञ्चालन हुँदै छ । सोही कारण धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिकाको प्रयोजनका लागि ऐ. निर्देशिकाबमोजिम शेयर कारोबार रोक्का हुने भएको हो ।

सूर्याज्योति लाइफको एकीकृत कारोबार

सूर्याज्योति लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार शुरू गरेको छ । गत पुष ७ गतेबाट एकीकृत कारोबार शुरू गरेको भएपनि कम्पनीले सोमबार औपचारिक कार्यक्रम गरि यसबारे जानकारी गराएको हो । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मर्जरपश्चात सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी बनेको हो । जीवन बीमाको क्षेत्रमा यो पहिलो मर्जर हो । मर्जरपछि कम्पनीको […]