यी हुन् विश्वका सबैभन्दा बढी दानी १५ देश

काठमाडौं। बेलायती संस्था च्यारिटिज् एड फाउण्डेसनको हालै ‘वल्र्ड गिभिङ इन्डेक्स २०२१’ प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा विश्वका ११४ देशलाई समेटिएको छ। प्रतिवेदनको सूचीमा विश्वको सबैभन्दा बढी दानी देशलाई एक नम्बरमा र कञ्जुस देशलाई ११४औं स्थानमा राखिएको छ। प्रतिवेदनमा विश्वको सबैभन्दा दानी देशमा क्रमशः इन्डोनेसिया, केन्या, नाइजेरिया, म्यानमार, अष्ट्रेलिया,घाना, न्यूजल्याण्ड, युगाण्डा, कोसोभो, थाइल्याण्ड, ताजिकिस्तान, बहराइन, युएई,भारत र इथोपिया रहेका छन्।

सम्बन्धित सामग्री

को हुन् बिना पासपोर्ट विश्वका जुनसुकै देश जान सक्ने तीन व्यक्ति ?

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशको उच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा पासपोर्ट नै बोक्नुपर्छ। तर, विश्वभर ३ जना यस्ता व्यक्ति छन्, जसलाई यी सबैबाट स्वतन्त्रता छ र उनीहरू बिना राहदानी जुनसुकै देशपनि जान सक्छन्। संसारका ति तीन जनालाई कुनैपनि देश जानका […]

चीनको बेल्ट एण्ड रोड परियोजनामा विश्वका १५० देश सहभागी

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई)मा विश्वका १५० देश सहभागी भएका छन्। चिनियाँ स्टेट काउन्सीलर तथा विदेशमन्त्री वाङ यीले उक्त जानकारी दिएका हुन्। सन् २०२२ मा बीआरआईमा थप पाँच देश जोडिएको उनले बताए। सन् २०२३ मा बीआरआई परियोजनालाई लिएर तेस्रो अन्तर्राष्ट्रिय फोरमको आयोजना गर्ने तयारी चीनको रहेको छ। बीआरआईमा नेपाल पनि सहभागी रहेको छ।(बीबीसी)

विश्वका ५० भन्दा बढी देश टाट पल्टिने जोखिममा, जलवायु संकट समाधान थप कठिन

धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्रसंघका अधिकारीले चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका अनुसार मुद्रास्फीति, ऊर्जा संकट तथा बढ्दो व्याजदरका कारण धेरै देश टाटपल्टिने अवस्थामा पुगेको बताएका हुन्। सम्भावित आर्थिक संकटले गरिब देशका नागरिकहरूको जनजीवनमा […]

ऋषि सुनकमात्र होइन, विश्वका यी सात देश भारतीय मुलका नेता चलाउँछन्

भारतीय मूलका बेलायती सांसद ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेका छन् । सुनकको यो उपलब्धिप्रति भारतीय सामाजिक सञ्जालमा निकै उत्साह छाएको छ । यस अवसरमा विश्वका अन्य देशमा उच्च पदमा रहेका भारतीय मूलका नेताहरुको उल्लेख गरिएको छ । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाभारतीय मुलका नेताहरुको नाम लिँदा पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाको नाम प्रमुखका साथ लिइन्छ । एन्टोनियोका बुबा ओर्लान्डो कोस्टा कवि थिए । औपनिवेशिक विरोधी आन्दोलनमा भाग लिएका ओर्लान्डोले पोर्तुगाली भाषामा प्रसिद्ध पुस्त

विश्वका १९९ देशको सूचीमा नेपाली पासपोर्ट १०६औं नम्बरमा

काठमाडौं, ५ साउन । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औं स्थामा रहेको छ । विश्वका १९९ देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल १०६औं नम्बरमा परेको हो । सूचीमा सबै देशलाई ११२ स्थानमा समेटिएको छ । नेपालपछि सूचीमा मात्र सात देश रहेका छन् । हेन्ली एण्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ । […]

नेपालसहित विश्वका सयभन्दा धेरै देश वन विनाश रोक्न सहमत

काठमाण्डाै - विश्वका एक सयभन्दा धेरै देशले सन् २०३० भित्रमा वन विनाश  रोक्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नेपालसहित अमेरिका, बेलायत, क्यानडा, ब्राजिल, रुस, चीन, इन्डोनेसिया, पाकिस्तान, कङ्गोलगायतले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्बनडाइअक्साइड कटौतीका लागि महत्त्वपूर्ण भूमिका रहेका रुख काटिँदा जलवायु परिवर्तनमा सहयोग पुग्ने गरेको छ । जलवायु सम्मेलन कोप–२६ मा भएको महत्त्वपूर्ण सम्झौतामा वन संरक्षण तथा पुनर्स्थापना लागि थप वित्तीय लगानीको वाचा समेत गरिएको छ । वाचा कार्यान्वयनमा ल्याउन खर्च हुने १९ दशमल...

रक्तपात राेक्न देश छोडेँ : घानी

काठमाण्डाै - तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै विश्वका धेरै देशले चासो र चिन्ता देखाएका छन् । तालिबानले दबाब बढाउँदै लगेपछि राष्ट्रपति अशरफ घानीले देश छोडे पछि कहाँ गएको होला र किन देश छोडेको होला भन्ने चासो पनि बढ्दो छ । यसबीचमै राष्ट्रपति  घानीले  भन्नुभएको छ – ‘रक्तपातबाट देशलाई बचाउन देश छोडेँ ।’  उहाँले आफ्नो फेसबुक पेजमा देश छोड्नु परेको कारण लेख्दै यो निर्णय गर्न आफूलाई निकै कठिन भएको समेत बताउनु भएको छ ।  तालिबानले भाला र बन्दुकको बलमा जित हासिल गरेको भन्...

विश्वका ३८ देश, जहाँ नेपालबाट कुनै वस्तु जाँदैन, आयात भने हुन्छ

काठमाडौं। विश्वका ३८ वटा देश, जहाँ नेपालबाट कुनै पनि वस्तु निर्यात हुँदैन, आयात भने हुन्छ। भन्सार विभागका अनुसार ती ३८ देशबाट चालु आर्थिक वर्ष २०७७÷७८को पहिलो ११ महिनामा १२ अर्ब ७९ करोड ९७ लाख ५४ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। ती देशहरुमा पराग्वे,जोर्डन,ग्वाँटेमाला,बेलारुस,दक्षिण कोरिया,बोलेभिया,बेनिन, बोन,मलावी, स्वाजील्याण्ड,कोस्टारिका,डोनेनिकन रिपब्लिक,पपुवा न्युगिनी,सर्विया, माल्दोभा,कोमोरस, मंगोलिया,ग्रेनाडा, अमेरिकन सामोआ, कजाकास्तान,सियरा लियोन,इक्वेडर,बोत्स्वाना, निकारागुवा, एल साल्भाडोर,अल्बानिया, घाना,मालीलगायत छन्।

यी हुन् विश्वका सबैभन्दा कञ्जुस १५ देश

काठमाडौं। बेलायती संस्था च्यारिटिज् एड फाउण्डेसनको हालै ‘वर्ल्ड गिभिङ इन्डेक्स २०२१’ प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा विश्वका ११४ देशलाई समेटिएको छ। प्रतिवेदनको सूचीमा विश्वको सबैभन्दा बढी दानी देशलाई एक नम्बरमा र कञ्जुस देशलाई ११४औं स्थानमा राखिएको छ। प्रतिवेदनमा विश्वको सबैभन्दा कञ्जुस देशमा क्रमशः जापान, पोर्चुगल, बेल्जियम, इटाली, दक्षिण कोरिया, मोरक्को,लेबनान, पाकिस्तान, फ्रान्स, लाटभिया, हङकङ,गाबोन, जोर्डन, ग्रिस र स्पेन रहेका छन्।