तनहुँ – पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत दमौली–डुम्रे सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरो खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो। केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरो खसिरहेकाले पटक–पटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। आज करिब दुई […]