पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

मुग्लिन । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–४, घोप्टेभिरमा आज दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस

सम्बन्धित सामग्री

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

तनहुँ – पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत दमौली–डुम्रे सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरो खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो। केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरो खसिरहेकाले पटक–पटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। आज करिब दुई […]