नेपाल रेल्वे कम्पनी लिमिटेडमा नियुक्त गरिएका ज्यालादारी कर्मचारी हटाइएको छ । हटाइएका कर्मचारीले भने आन्दोलनको धम्की दिएका छन् । नेपाल रेल्वे कम्पनी लिमिटेड अन्तर्गत ज्यालादारीमा रहेका कर्मचारी अवैधानिक ढंगले नियुक्त गरिएको भन्दै हटाइएको हो । तलब बुझ्ने बाहेक ती कर्मचारीको कुनै काम नभएको भन्दै उनीहरुलाई हाजिर गर्नबाट रोकिएको छ ।ज्यालादारीमा नियुक्त गरी कानून विपरीत सेवा सुविधा पाउँदै आएका सयौं कर्मचारीलाई नवनियुक्त प्रवन्ध सञ्चालक निरञ्जन कुमार झाले एक सूचना प्रकाशित गर्दै हटाइएको जानकारी दिएका ह