नेपालको आर्थिक बृद्धिदर चालू आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
सरकारले चालू आर्थिक वर्षमा यस्तो बृद्धिदर ७ प्रतिशत गर्ने लक्ष्य लिएको भएपनि विश्व बैंकले भने सरकारले लिएको लक्ष्य भन्दा निकै कम आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको छ ।
यस्तो आर्थिक बृद्धिदर आगामी आव २०७९/८० मा भने पनि ४.७ प्रतिशत मात्रै हुने विश्व बैंकको अनुमान छ । गत वर्ष नेपालले आर्थिक बृद्धिदर जम्मा १.८ प्रतिशत मात्रै भएको अनुमान गरिएको छ ।
अघिल्लो आवमा भने महामारीका कारण नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको थियो ।...