गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न

गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलमा आज आइतवार परीक्षण (डेमो) उडान भएको छ । रेसुङ्गा नगरपालिका १० काे सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएकाे तारा एअरको नाइन एन–एएलओ ट्विनअटर जहाजले आज बिहान १२ बजे परीक्षण उडान गरेको हो ।  परीक्षण उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, तारा एअरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि ताराले आज परीक्षण उडान गरेको रेसुङ्गाका मेयर खिलध्वज पन्थीले जानकारी दिनुभयाे ।  काठमाण्डाैबाट बिहान ११ बजे उडेको तारा एअरकाे जहा...