निजी जग्गामा संरक्षण गरेका वनस्रोतलाई अन्य बालीसरह बेच्न पाउने र सहज रूपमा बजारसम्मको पहुँचको व्यवस्था गर्न माग गरिएको छ ।
पारिवारिक निजी वन संघ नेपाल (एफोन) ले राज्यले निजी वनमाथि लगाएको अंकुश तत्काल फुकुवा गर्न माग गरेको हो ।
एफोनले बिहीवार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफ्नो आवादीमा उत्पादिन काठजन्य सामग्री तथा जडिबुटीजन्य उत्पादनको ओसारपसारमा रहेको झन्झटिला नीति अन्त्य गर्दै किसानको आर्थिक समृद्धिका लागि नीतिगत सहजीकरणको व्यवस्था मिलाइदिन तीनै तहका सरकारसँग आग्रह गरेको हो ।
पारिवारिक निजी वन...