काठमाण्डाै – नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले अविलम्ब किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकासँग माग गरेको छ ।
बुधवार दुई महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । महासंघहरुले हिउँदे खेतीका लागि आवश्यक मलको तत्काल व्यवस्था गर्न पनि माग गरेका छन् । आफ्ना माग पूरा नभए किसान महासंघहरु देशभरका किसान परिचालन गर्न बाध्य हुने चेतावनी दिएका छन् । गत कार्तिक १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । जसअनुसा...