सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच बस सञ्चालन गर्ने भएको छ । पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि सञ्चालन हुनेछ ।अङ्ग्रेजी क्यालेण्डरअनुसारको नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध, पशुपति क्षेत्रमा सञ्चालन गरिने तथा केही सातापछि भक्तपुरका सम्पदा स्थलमा उक्त यातायात सञ्चालन गरिनेछ ।पर्यटकले एकपटक टिकट लिएपछि आफ्नो अनुकूलअनुसार सम्पदास्थल घुम्न पाउने र अन्य स्थलमा