काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच बस सञ्चालन गर्ने भएको छ। पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि सञ्चालन हुनेछ। अङ्ग्रेजी क्यालेण्डरअनुसारको नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध, पशुपति क्षेत्रमा सञ्चालन गरिने तथा केही सातापछि भक्तपुरका सम्पदास्थलमा उक्त यातायात […]