विप्लवका कार्यकर्ताले बझाङमा वडाध्यक्ष र वडा सचिवलाई दले कालोमोसो

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले बझाङमा एक गाउँपालिकाका वडाध्यक्ष र वडा सचिवलाई कालोमोसो दलेका छन् । सोमबार बित्थडचीर गाउँपालिका–८ का वडाध्यक्ष राजबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका हुन् । वडामा वडाध्यक्ष र वडा सचिव मिलेर भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको अनेरास्ववियुले कालोमोसो दलेको पार्टीले जनाएको छ । कार्यालय जाँदै गर्दा […]

सम्बन्धित सामग्री

विप्लवका कार्यकर्ताले वडाध्यक्षलाई कार्यकक्षमै दले कालोमोसो

कञ्चनपुर : विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बेलडाँडी गाँउपालिका वडा नं. २ का वडाध्यक्ष प्रेम खातीलाई आज (बिहीबार) कालोमोसो दलेका छन्। नेकपा आबद्ध युवा संगठन नेपालका कार्यकर्ताले वडाध्यक्ष खातीमाथि विभिन्न आर्थिक अनियमितताको आरोप लगाउँदै कार्यकक्षमै कालोमोेसो दलेका हुन्। वडाध्यक्ष खातीलाई कालोमोसो दलेपछि संगठनले विज्ञप्ति प्रकाशित गरी विभिन्न आर्थिक अनियमिततामा मुछिएकाले उनीमाथि जनकारबाही गरिएको सार्वजनिक गरेको छ।युवा संगठन कञ्चनपुरका अध्यक्ष विकल्पले सार्वजनिक गरेको विज्ञप्ति

‘जनकारवाही’ भन्दै विप्लव नेकपाका विद्यार्थीले वडाध्यक्षलाई दले कालोमोसो

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले बझाङको बित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्लमाथि कालोमोसो दलेका छन् । ‘भ्रष्टाचारीलाई जनकारवाही’ विप्लव निकट विद्यार्थीले वडाध्यक्ष मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका हुन् । विप्लवका विद्यार्थीले वडाध्यक्ष र सचिवले लाखौं भ्रष्टाचार गरेको, अनियमितता गरेको र कमिसन खाने गरेको आरोप लगाएका छन् । आइतवार दिउँसो घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।