सडकमा गोलभेंडा फालेर मूल्य बढाउने खेल

आइतबार कालीमाटीको सडकमा गोलभेंडा फाल्नुमा थोक व्यापारीको संलग्नता देखिएको छ । बजारमा आपूर्ति अत्यधिक भएको देखाएर किसानसँग थप सस्तोमा लिने र उपभोक्ता मूल्य बढाउने उनीहरुको योजना अनुसार गोलभेंडा नष्ट गरिएको हो ।

सम्बन्धित सामग्री

गोलभेंडाको मूल्य र बजारीकरण

केही समयअघि बजारमा मूल्य नपाएको भन्दै गोलभेंडा सडकमा फालेर ‘गोलभेंडा होलिडे’ मनाएका कुरा यहाँ स्मरणीय छ। नेपालमा र छिमेकी मुलुकमा केही महिनाअघि मात्र किलोको ५ रुपैयाँमा पनि नबिकेपछि तरकारी बजार आसपास किसानले गोलभेंडा फ्याँके। उत्पादनस्थलबाट देशकै सबैभन्दा ठूलो तरकारी बजारसम्म आइपुग्दा पनि उचित मूल्य नपाएपछि गोलभेंडा नष्ट गर्नुपरेको गुनासो किसानले त्यतिखेर गरेका थिए। भारतमा डुबान […]

किलोको ६ रुपैयाँमा नबिकेको गोलभेंडा कसरी पुग्यो १८० ?

मूल्य नपाएको भन्दै गत असार ३ मा किसानले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गोलभेंडा फालेर विरोध जनाए । त्यति बेला कालीमाटी तरकारी बजारमा टनेल गोलभेंडाको न्यूनतम मूल्य ६ रुपैयाँ र अधिकतम १० रुपैयाँ थियो । लागत नउठेको भन्दै केही ठूला किसानले गोलभेंडा फालेर विरोध गरेका थिए । विरोधस्वरूप उनीहरूले ३ दिनसम्म उत्पादन बजारमै पठाएनन् । त्यसपछि उकालो लाग्न थालेको गोलभेंडाको मूल्य अहिले छोइनसक्नु भएको छ ।

गोलभेंडाको मूल्य बढ्दै, प्याजको घट्दै

होलसेल बजारमा प्याजको मूल्य घट्न थाल्दा गोलभेंडाको भाउ भने बढ्न थालेको छ । भ्याटको बहानामा प्याजमा कृत्रिम मूल्य बढाएका व्यापारीले अहिले मूल्य घटाउन थालेका छन् । मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारमा गोलभेंडा फालेर विरोध गरेका किसानले उत्पादन तीन दिन बजारमा पठाएनन् ।

तरकारीको सिन्डिकेट हटाऊ

किसानले मूल्य नपाएर विरोधस्वरूप सडकमा कृषि उपज फ्याँकेको अर्को घटना आइतबार भएको छ । राजधानी काठमाडौंको कालीमाटी तरकारी बजारमा किसानले गोलभेंडा फालेर विरोध जनाए । व्यावसायिक खेती गरिरहेका किसानले प्रतिकिलो गोलभेंडाको २ रुपैयाँ पनि पाउन मुस्किल भएपछि विरोधस्वरूप यस्तो कदम उठाएका हुन् । उत्पादन बढेअनुसार बजारमा माग नभएपछि अहिले गोलभेंडाले मूल्य पाएको छैन । प्रमुख […]

सडक ताक्दै किसान

उचित मूल्य नपाएको आक्रोशमा गत शनिबार चितवनका किसान नारायणगढ बजारको व्यस्त क्षेत्र पुलचोकमा प्रदर्शनमा उत्रिए । उनीहरूले नाराबाजी मात्रै गरेनन्, दुई गाडी गोलभेंडा, दुई गाडी फर्सी र दुई गाडी अन्य तरकारी सडकमा फालेर प्रदर्शन गरे । यो विरोधको एउटै कारण हो, भारतबाट तरकारी आएपछि आफूहरूले मूल्य नपाउनु । आफ्ना माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।