मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेबाट धनुषाका दुई निर्वाचन क्षेत्रबाट श्रीमान श्रीमती नै सर्वसम्मतरुपमा सिफारिस भएका छन् । आइतबार जनकपुरधाममा भएको धनुषाको क्षेत्र नम्बर ३ को बैठकले पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको एकल नाम र क्षेत्र नम्बर ४ को बैठकले स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस गरेको हो । एमाले धनुषाका नेता बचनदेव पँजियारले क्षेत्रीय बैठकबाट सिफारिस नाम अब जिल्ला कमिटीमा जने बताए । सिफारिस भएका महतो र महासेठ श्रीमान श्रीमती हुन् ।