निर्वाचन अधिकृतका लागि ४६७ जनाको नाम सिफारिस

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस भएका छन्। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको न्याय परिषद्को बैठकले ४६७ जनाको नाम सिफारिस गरेको हो। जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृतका रुपमा खटाउने चलन छ। तर त्यसका लागि न्याय परिषदको स्वीकृति अनिवार्य हुने संवैधानिक व्यवस्था छ। परिषदले ९२ जिल्ला न्यायाधीश, […]

सम्बन्धित सामग्री

एमालेद्वारा बारामा ४ संघीय निर्वाचन क्षेत्रमा ७ जनाको नाम सिफारिस

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले बाराको ४ वटा संघीय निर्वाचन क्षेत्रमा ७ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेको ४ वटै क्षेत्रको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं २ र ४ मा एकल नाम सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नं १ मा २ जना र ३ मा ३ जनाको नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय कमिटी बैठकले क्षेत्र नं १ को लागि अच्युत मैनाली र पुरुषोत्तम पौडेल, क्षेत्र नं २  मा वलवीर चौधरी, क्षेत्र नं ३ मा ज्वाला साह, अध्यानन्द पाण्

सिन्धुपाल्चोक–२ बाट एमालेका ३ जनाको नाम सिफारिस

आसन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचन लड्न एमालेबाट ३ जनाको नाम सिफारिस गरिएको छ । शनिबार बसेको एमाले सिन्धुपाल्चोकको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न पूर्वमन्त्री शेरबहादुर तामाङ, हस्त पण्डित माधव पाण्डेको नाम सिफारिस गरेको हो ।सोही क्षेत्रबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ भने ७ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आच

पाल्पाका दुई निर्वाचन क्षेत्रमा काङ्ग्रेसबाट ७ जनाको नाम सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा नेपाली काङ्ग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ। प्रतिनिधिसभातर्फ २ वटा र प्रदेशसभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा उम्मेदवार बन्न आकांक्षीको लर्को लागेको छ। क्षेत्रीय समितिले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार…