सिमेन्ट उद्योगमा ५६ अर्ब विदेशी लगानी : वैदेशिक लगानीका सिमेन्ट उद्योगको क्षमता स्थानीयभन्दा चार गुणा बढी

मुलुकमा सञ्चालनमा रहेका ५५ सिमेन्ट उद्योगमा कुल १ खर्ब २२ अर्ब लगानी रहेको छ । त्यसमध्ये करिब ४६ प्रतिशत अर्थात् करिब ५६ अर्ब प्रत्यक्ष विदेशी लगानी रहेको राष्ट्र बैंकको एक अध्ययनले...

सम्बन्धित सामग्री

सम्बद्धताको कसीमा वैदेशिक लगानी र समृद्धि

एक देशको फर्म वा व्यक्तिले अर्को देशमा व्यावसायिक हितका खातिर गरिने लगानी नै प्रत्यक्ष विदेशी लगानी हो । सामान्यतः वैदेशिक लगानी भन्नाले व्यक्ति वा कम्पनीको निजी पुँजीको सीमापार प्रवाहलाई बुझाउँछ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार विदेशी लगानीकर्ता भन्नाले वैदेशिक लगानी गर्ने विदेशी व्यक्ति, फर्म, कम्पनी, गैरआवासीय नेपाली वा विदेशी सरकार वा […]

नेपालमा वैदेशिक लगानी

देशमा वैदेशिक अनुदान मात्रै घट्दो क्रममा रहेको होइन, वैदेशिक लगानी पनि घट्दो छ । नेतृत्वले विदेशी लगानी बढाउन खोजेको प्रतीत हुन्छ, तर यही क्रममा संस्थागत सरलीकरण भने छैन, भनौँ प्रक्रियागत झन्झटहरू धेरै छन् । एकै थलोबाट सबै सुविधा दिन खोलिएको एकल बिन्दु सेवा केन्द्र नाममात्रको छ । संस्थागत तालमेल नहुनु र परिणामलाई भन्दा प्रक्रियालाई महत्व […]

चार महिनामा १८० करोड वैदेशिक लगानी फिर्ता

काठमाडौं, पुस २०। मुलुकमा वैदेशिक लगानी आउने क्रम घटिरहेको बेला १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी फिर्ता भएको छ । यो आँकडा चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ४ महीनाको हो । यसपालि ४ महीनामा फिर्ता गएको विदेशी लगानी अघिल्ला २ आवको वार्षिक फिर्ताभन्दा बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार आव […]

आधाले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ । उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ ।विभागका वैदेशि

वैदेशिक लगानी : प्रतिबद्धताको आधा मात्रै भित्रियो

प्रतिबद्धताअनुसार वैदेशिक लगानी नआएपछि विदेशीलाई व्यावसायिक भिसामा कडाइ गरिएको छ। नेपालमा लगानी गर्छ भनेर प्रतिबद्धता गर्ने तर लगानी नगरेपछि भिसामा कडाइ गरिएको उद्योग विभागले जनाएको हो।विभागका विदेशी लगानी शाखाका निर्देशक शङ्करसिंह धामीले प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्र्याएपछि विदेशी नागरिकलाई व्यावसायिक भिसामा कडाइ गरिएको जानकारी दिए। पछिल्लो समय विदेशीले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गरेको तर प्रतिबद्धताअनुसार लगानी नभित्रिएपछि भिसामा कडाइ गरिएको

५४ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

सरकारले नीतिगत रूपमा सहजीकरण गरेपछि प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको छ। विदेशी लगानी आकर्षित गर्ने सरकारको नीति अनुसार एक वर्षको अवधिमा करिब सवा ५४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रुपैयाँ लगानी प्रतिबद्धता वृद्धि भएको छ। आव २०७७/७८ मा ३२ अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा गत आव २०७४/७९मा बढेर ५४ अर्ब १५ करोड रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ।विदेशी लगानीक

विदेशी लगानी भित्रिन नसक्नुमा ऐन नै समस्या

देशमा अपेक्षाअनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिन नसक्नुमा नीतिगत कमजोरी मुख्य कारण रहेको सरकारकै एक निकायले गरेको अध्ययनले देखाएको छ ।विदेशी लगानी भित्र्याउने मूल ढोका मानिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले गरेको एक अध्ययनले नै ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५’ कार्यान्वयनका क्रममा नीतिगत र व्यावहारिक समस्या रहेका कारण लगानीकर्ता आकर्षित […]

वैदेशिक लगानी भित्र्याउन  स्वीकृति नचाहिने

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन स्वीकृति नचाहिने भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली– २०७८ जारी गर्दै स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था हटाएको हो।यसअघि विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था थियो। विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन नपर्ने विनियमावलीमा व्यवस्था गरिएको छ। कम्पनीले कमाएको नाफा पनि सहज ढंगले लैजान पाउने छन्। तर विदेशी ऋण लिनका लागि राष्ट्र बैंकको स्वीकृ

कृषिमा विदेशी लगानी बारे छलफल प्रत्यायोजित व्यवस्थापन समितिमा

कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदा साना किसानहरुलाई मार्का नपर्ने गरी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारको बैठकमा सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्राउँदा देश भित्रका साना किसानहरुलाई मार्का पर्ने भएकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।कृषिमा विदेशी लगानी भित्राउँदा सरोकारवालासँग गहन छलफल गर्नुपर्ने बताए । सरोकारवालाको छलफल बिना […]