नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३२ औं वार्षिक साधारणसभा यही पुस ७ र ८ मा हुँदै छ । साधारणसभाले नयाँ नेतृत्व चुन्ने भएकाले त्यसका लागि अध्यक्षमा दुई जना आकांक्षी प्रतिस्पर्धामा देखिएका छन् । वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र वर्तमान अध्यक्ष परितोष पौड्याल अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । १९ जना सञ्चालक समितिमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ ।