मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकता गर्न संयोजन समिति बनेको छ । वैद्य र बास्तोला नेतृत्वको पार्टीबाट ३÷३ जना नेता रहनेगरी पार्टी एकता संयोजन समिति बनाएको छ । पार्टी एकता संयोजन समितिले नै पार्टी एकता प्रक्रिया अघि बढाएर टुंगो लगाउने भएको हो ।शुक्रबार वैद्य र बास्तोलाले पार्टी एकता गरेर जाने समझदारी गरेपछि पार्टी एकता संयोजन समिति निर्माण भएको हो । जसमा वैद्य नेतृत्वको माओवादीबाट स्थायी समिति सदस्य सिपी गजुरेल, रामसिंह