काठमाण्डाै – सरकारले मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामानहरु भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको जनाएको छ ।आउँदो असार मसान्तसम्मका लागि मोबाइल सेट, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन र २५० सीसीभन्दा बढी क्षमता भएका मोटरसाइकल ल्याउन रोक लगाइएको छ । यस्तै एम्बुलेन्स र शववाहन प्रयोजनका लागि बाहेक जीप, कार र भ्यान तथा सबै प्रकारका खेलौना र तास पनि नेपाल भित्र्याउन पाइँदैन । कु...