त्रिदेशीय सिरिज : नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाण्डाै - त्रिदेशीय ट्वान्टी ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । लगातार दोस्रो खेलमा शानदार जित निकालेको नेपाल आज पनि नेदरल्याण्ड्सलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपालले हिजो मलेसियालाई पनि ९ विकेटले नै हराएको थियो। नेपालले लिग चरणको अन्तिम खेल आउँदो बिहीवार मलेसियासँग खेल्ने छ । प्रतियोगितामा मलेसियाले खेलेका दुवै खेल हारेको छ भने नेदरल्याण्ड्सले दुई खेलमा जित र एक हार ब्यहाेरेका...

सम्बन्धित सामग्री

सन्दीप ३ बजे नै उडे यूएई, भोलिको खेल खेल्ने

सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिज खेल्न आज दिउसो ३ बजे नै यूएई प्रस्थान गरेका छन् ।

लिग टुः त्रिदेशीय सिरिज खेल्ने नेपाली टोली यूएई प्रस्थान

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिज खेल्ने नेपाली टिम यूएई प्रस्थान गरेको छ ।

एक दिवसीय खेलमा स्कटल्याण्डद्वारा नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बिहिबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २० रनको लक्ष्य स्कटल्याण्डले २ विकेट गुमाएर १६ ओभर ५ बलमा पूरा गर्‍याे । ७ टोली सहभागी विश्वकप लिग टू मा […]

नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गतको त्रिदेशीय सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा हार व्यहोरेको छ । नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आइतबार भएको खेलमा स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नेपालले दिएको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो । त्यसअघि पहिले […]

दीपेन्द्रसिंह ऐरीको अर्धशतक र ४ विकेट : नेपालले जित्यो त्रिदेशीय सिरिज

काठमाडौं : नेपालले त्रिदेशीय सिरिज जितेको छ। नेपालले फाइनलमा पपुवा न्युगिनी (पीएनजी)लाई हराउँदै सिरिज जितेको हो। त्रिदेशीय सिरिजमा नेपाल, मलेसिया र पपुवा न्युगिनी सहभागी थिए  कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हरायो। आज सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६…

त्रिदेशीय सिरिज: मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल, पपुवा न्युगिनी र मलेसियासम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल र मलेसिया आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आमनेसामने हुन लागेका हुन्। मलेसियासँगका पछिल्ला पाँच खेलहरुमा नेपालले ४ वटामा जित र १ वटामा पराजय ब्यहोरेको छ। २०२० मा एसीसी इस्टर्न रिजन टी…

त्रिदेशीय सिरिज: कुशल भुर्तेलको अर्धशतक

काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी फाइनल खेलमा कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि भुर्तेलले १२.४ ओभरमा अर्धशतक बनाएका हुन्। जारि सिरिजमा भुर्तेलको यो तेस्रो अर्धशतक हो। सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अभिजित ६१…

त्रिदेशीय सिरिज : नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै - त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ भने  मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ । अहिलेसम्म नेपाल र मलेसियाबीच चार वटा टी-ट्वान्टी र चार टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले तीन टी-ट्वान्टी र तीन टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ ।

आगामी महिना नेपाली क्रिकेट टीमले घरेलु मैदानमै त्रिदेशीय सिरिज खेल्ने

लामो समयपछि नेपाली राष्ट्रिय क्रिकेट टीमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । नेपाल, नेदरल्याण्ड र मलेसिया सहभागी हुने गरी आगामी वैशाखमा बजाज पल्सर त्रिदेशीय सिरिज आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । वैशाख ४ गतेबाट शुरू हुने प्रतियोगिता वैशाख ११ गतेसम्म त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता टी-ट्वान्टी फर्म्याटमा हुने क्यानले जनाएको छ । कोरोना महामारीका कारण नेपाली क्रिकेट टीमले लामो समयदेखि कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।