त्रिदेशीय सिरिज : नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै - त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ भने  मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ । अहिलेसम्म नेपाल र मलेसियाबीच चार वटा टी-ट्वान्टी र चार टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले तीन टी-ट्वान्टी र तीन टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ ।