आगामी महिना नेपाली क्रिकेट टीमले घरेलु मैदानमै त्रिदेशीय सिरिज खेल्ने

लामो समयपछि नेपाली राष्ट्रिय क्रिकेट टीमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । नेपाल, नेदरल्याण्ड र मलेसिया सहभागी हुने गरी आगामी वैशाखमा बजाज पल्सर त्रिदेशीय सिरिज आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । वैशाख ४ गतेबाट शुरू हुने प्रतियोगिता वैशाख ११ गतेसम्म त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता टी-ट्वान्टी फर्म्याटमा हुने क्यानले जनाएको छ । कोरोना महामारीका कारण नेपाली क्रिकेट टीमले लामो समयदेखि कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टोली अमेरिकामा

आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा आयोजना हुन लागेको त्रिदेशीय सिरिज खेल्न नेपाली टोली अमेरिका पुगेको छ ।

त्रिदेशीय सिरिजको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली, पहिलो भेट अमेरिकासँग

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका र ओमनसँगको त्रिदेशीय सिरिज खेलमा ओमनमा छ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले त्यसअघि पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेलेको थियो। जहाँ नेपालले २-० ले सिरिजमा जित निकाल्यो। सिरिजसँग विश्वकपको रोडम्याप भनिएको लिग २…

त्रिदेशीय सिरिजमा भिड्न नेपाली क्रिकेट टोली ओमनमा यसरी उत्रियो अभ्यासमा

फोटोहरु : CAN यतिबेला नेपाली क्रिकेट टोली ओमनमा छ। विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज र पपुवा न्युगिनीसँगको मैत्रीपूर्ण सिरिज खेल्न क्रिकेट टोली ओमन पुगेको हो। ओमनमा नेपाली टोली अहिले अभ्यासरत रहेको क्यानले जनाएको छ। त्रिदेशीय सिरिज अघि नेपाललाई पपुवा न्युगिनीसँग ५ सेप्टेम्बर र ८ सेप्टेम्बरमा दुई खेल हुनेछ।…

नेपाली क्रिकेट टोली ओमन प्रस्थान

काठमाडौं: विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज र पपुवा न्युगिनीसँगको मैत्रीपूर्ण सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमन प्रस्थान गरेको छ। नेपाली टोलीलाई आज नेपाल क्रिकेट संघ क्यानले भर्चुअल कार्यक्रम गर्दै विदाइ गरेको थियो। सिरिजका लागि १७ सदस्यीय नेपाली टोलीमा नयाँ अनुहारका रुपमा गुलसन झा टिममा परेका छन्। त्रिदेशीय सिरिज…

नेदरल्यान्ड्सलाई जित्दा नेपालीमा देखियो यस्तो उत्साह (फोटो)

काठमाडौं : नेदरल्याण्ड्स, नेपाल र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गतको आजको पहिलो खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै नेपाली क्रिकेट प्रेमीलाई खुशी बनाएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ९ विकेटको सानदार जित निकालेको नेपाली टीमको जितमा दर्शकहरुले भरपुर मजा लिएका थिए। उनीहरु आफू उत्साही थिए भने खेलाडीहरुलाई प्रेरित…