काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त 'जनताको बहुदलीय जनवाद' विश्वमा मार्गदर्शन बन्न सक्ने बताएका छन्।मदन जयन्तीको अवसरमा प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको 'जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता' बिषयक अन्तरसम्वाद कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन्।पोखरेलले भने, 'मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद, जनताको विश्वास जितेर जनताकै सेवा गर्ने विश्वकै नमुना सिद्धान्त हो, यदि यो कुनै विकसित